बुधबार १८ माघ २०७९

फिफा विश्वकप फुटबलको २२औं संस्करणको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । कतारमा जारी विश्वकप अन्तरगत बुधबार राति भएको दोस्रो सेमिफाइनलमा अफ्रिकी राष्ट्र मोरक्कोलाई २–० ले पराजित गर्दै साविकको विजेता फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँगको भेट पक्का गरेको हो ।

यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएर ८ वर्षपछि फाइनलमा पुग्न सफल भएको थियाे । यसैबीच नेपाली राष्ट्रिय फुटबल टिमका चर्चित स्ट्राइकर विमल घर्तीमगरले विश्वकका दौरानमा गरेको एक भविष्यवाणी मिल्ने सम्भावना छ ।उनी अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका ठूला फ्यान हुन्।

विमल पनि मेस्सी जर्सी नम्बर १० लगाएर खेल्ने गर्छन्। विमल नेपाली फुटबल समर्थकमाझ लोकप्रिय नाम हो। विमलले यसपटकको विश्वकप अर्जेन्टिना फाइनल पुग्ने र जित्ने अनुमान गरेका थिए। एक युट्युब च्यानललाई दिएको अन्तर्वार्ताका क्रममा विमलले भनेका थिए, ‘म मेस्सीको फ्यान हुँ।

त्यसैले म यसपटक पनि अर्जेन्टिनालाई समर्थन गरिरहेको छु। विश्वकप हेरिरहेको छु। मेस्सी टिमलाई राम्रोसँग ह्यान्डिल गर्न सक्छन्।, अर्जेन्टिनाले यसपटकको विश्वकप जित्न सक्छ।’ विश्वकपको फाइनलमा यि दुई टोलीको पहिलो तथा समग्रमा चौथो भेट हुनेछ । यसअघि यि दुई टोलीले समूह चरणमा दुई पटक तथा एक पटक अन्तिम १६ मा प्रतिस्पर्धा गरेको छ ।

सन् १९३० मा भएको विश्वकपको समूह चरणमा अर्जेन्टिना १–० ले विजयी भएको थियो । त्यसपछि १९७८ मा पनि अर्जेन्टिनाले समूह चरणमै २–१ को जित निकालेको थियो । चार वर्षअघिको विश्वकपमा फ्रान्सले प्रि–क्वाटरफाइनलमा ४–३ को जित निकालेको थियो ।यि दुई टोली हालसम्म १२ पटक भेट भएको छ ।

जसमा अर्जेन्टिना ६ खेलमा विजयी हुँदा ३ खेल फ्रान्सले जितेको छ । ३ खेल बराबरीमा सकिएको छ । प्रतिस्पर्धात्मक खेलको पाँचौ मिनेटमा नै हर्नान्डेजले फ्रान्सलाई १–० को अग्रता दिलाए । केलियन एमबाप्पेको प्रहार रिवाउन्ड हुँदा गोलरक्षक यासिन बोनोसँग वन भर्सेस वनको स्थितिमा रहँदा उनले भलीमा सुन्दर गोल गरेका थिए ।

सत्रौ औं मिनेटमा ओलिभिएर जिरुडको प्रहार पोस्टमा लागेर बाहिरिदा फ्रान्स अग्रता दोब्बर पार्नबाट चुक्यो । ३५औं मिनेटमा जिरुडले नै गोलरक्षक र डिफेन्डर पोजिसनमा नरहँदा बललाई पोस्टको दिशा दिन सकेनन् । पहिलो हाफको अन्तिम मिनेटमा एल यामिकको एक्रोब्याटिक प्रहारमा गोलरक्षक लोरिस बिट भएपनि उक्त प्रहार पोस्टमा लागेर फर्कदा मोरक्को बराबरीबाट चुक्यो ।

७९औं मिनेटमा फ्रान्सले अग्रता दोब्बर बनायो । रान्दल कोलो मुआनीले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरे ।केलियन एमबाप्पेले पेनाल्टी क्षेत्र भित्र ४ डिफेन्डर बिट गर्दै गरेको प्रहार मुआनीको अघि आएपछि उनले पहिलो टचमै गोल गर्दै टोलीलाई फाइनलको यात्रा तय गराए ।

७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया