बिहिबार १९ माघ २०७९

काठमाडौं । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–४’ को फाइनलमा सविना योङहाङ लिम्बू र साइल लिम्बू पुगेका छन् ।सविना योङहाङ लिम्बू टिम राजेश पायल राईको तर्फका हुन् भने, साइल लिम्बू टिम प्रविशा अधिकारीको तर्फका हुन् ।

भोटिङका आधारमा उत्कृष्ट ८ मा प्रवेश गरेकाहरु फेरि भोटिङका आधारमा नै अन्तिम ४ मा प्रवेश गरेका छन् । टिम राजु लामा र टिम प्रमोद खरेलको तर्फका ४ जनाबाट फाइनलमा प्रवेश गर्नेहरु भने भोलि मात्र छानिनेछन् ।सेमिफाइनल समेत बताइएको यो चरणपछि फाइनल चरण आउने भएकाले अन्तिम आठको प्रतिस्पर्धा रोचक भएको छ ।

दर्शकले शुक्रबार कार्यक्रम प्रसारण हुने समयसम्मै मतदान गरेका छन् ।दर्शकको भोट निर्णायक हुने भएकाले कुन प्रतिस्पर्धी बाहिरिनेछन् भन्ने अनुमान गर्न सजिलो थिएन । कोच स्वयंले आफ्नो समूहबाट प्रतिस्पर्धा गरिरहेकाहरुको लागि भोट मागिरहेका थिए ।

अन्तिम आठमा टिम प्रमोदबाट योगेश मगर र आशिष महर, टिम राजुबाट रियान गिरी र करण राई, टिम राजेशबाट सविना योङहाङ लिम्बू र पदम राई तथा टिम प्रविशाबाट साइल लिम्बू र प्रिज्वल नेपाली आइपुगेका थिए । द भ्वाइस प्रत्येक शुक्रबार र शनिबार हिमालय टीभीबाट बेलुका ८ बजे प्रसारण सुरु हुन्छ । बाँकी ४ जनाबाट भोलि २ जना छनोट हुनेछन् ।

यो पनि – दिउँसो अबेलामात्र घाम देखिएको नेपालगंजमा बेलुकीको चिसो बढ्दै गएको थियो । घडीको सुई ठीक छ मा पुग्नासाथ पर्दामा ‘सा कर्णाली’ म्युजिक भिडियो बज्न थाल्यो । त्यतिबेलै त्यहाँ वायु होइन आवाजले गर्दा एक्कासी तापक्रम बढेको महसुस भयो ।

मञ्चको निकै अगाडि रंगशालाको प्याराफिटमा सपरिवार बसेका लक्ष्मीकान्त उपाध्यायको निम्ति यो सुखद् क्षण थियो । किनभने अगाडि प्रस्तुत भइरहेको गीत कुनैबेला उनैको संकलनबाट नेपथ्यले प्राप्त गरेको थियो । डोल्पा दुनैका वासिन्दा लक्ष्मीकान्तले यो गीत दशकौंअघि सुनेका थिए ।

त्यसमा केही जुम्लाका प्रभावहरु मिसाएर तयार पारेको यो गीतलाई झण्डै डेढ दसकदेखि नेपथ्यले गाउँदै आएको छ । अनि यो क्षणलाई प्रत्यक्ष साक्षात्कार गर्नकै निम्ति उनी अघिल्लो दिनमात्रै डोल्पादेखि नेपालगंज आएका थिए । डोल्पा जिल्ला अस्पतालमै कार्यरत चिकित्सक छोरा र बुहारीको साथमा नेपालगंज रंगशालामा लक्ष्मीकान्त उपस्थित थिए ।

‘यो गीत गाएर नेपथ्यले मेरो भेगलाई संसारभर पु¥याइरहेको छ,’ लक्ष्मीकान्तको प्रतिक्रिया थियो, ‘आफैले संकलन गरेको गीत यसरी भब्य किसिमले सुन्न पाउँदा एकदमै रमाइलो लागिरहेको छ ।’ यसरी दुइवटा म्यूजिक भिडियो देखाएपछि लगत्तै मञ्चमा चढेको नेपथ्य टोलीले पहिलो प्रस्तुतिका रुपमा ‘आँगनै भरि हिउँ नै झरे’ गीत सुनाएको थियो ।

नेपथ्य ब्याण्डकै यो पहिलो सिर्जना यसअघि गतसाता हेटौंडा कन्सर्टमा पनि पहिलो गीतका रुपमा प्रस्तुत भएको थियो ।स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरु देखाइएको थियो । गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राको झलक आउनेगरि तस्बिरहरुको संयोजन गरिएको थियो ।

यसरी दस वर्षको अन्तरालपछि नेपथ्य नेपालगंजमा दोश्रोपटक प्रस्तुत भएको छ । अघिल्लोपटक ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर ब्याण्ड सन् २०१२ मा यहाँ आएको थियो । त्यतिबेला यहाँस्थित बागेश्वरी चलचित्र मन्दिरमा कन्सर्ट देखाइएको थियो भने यसपाला पहिलोपटक नेपालगंजका दर्शकहरुमाझ खुला आकाशमुनी बनाइएको विशाल मञ्चमा नेपथ्य प्रस्तुत भएको छ ।

बिराटनगर, वीरगन्ज, हेटौंडा र चितवनपछि यो यसपटकको श्रृंखलामा पाँचौ प्रस्तुती थियो । अघिल्ला कन्सर्टहरु जस्तै यसमा पनि मैदान भरिएका दर्शकहरुको उत्साहपूर्ण भब्य उपस्थिती देखिन्थ्यो ।बिहीबार बेलुकीको कार्यक्रममा नेपथ्यले दोश्रो गीतका रुपमा ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत ग¥यो ।

त्यतिबेला सँधैजस्तै नेपालगंजमा पनि इफेक्टको प्रयोग गरेर मञ्च अगाडि हिउँ झरेको देखाइएको थियो । कार्यक्रम अघि बढ्दै जानेक्रममा टोलीले ब्याण्डको अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाएर सुनायो । त्यसपछि भने ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ दर्शकसँग भलाकुसारी गर्न अघि बढे ।

४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया