बुधबार १८ माघ २०७९

अर्को संस्करणको फिफा क्लब विश्वकप अबको ३ वर्षमा हुने भएको छ। यस अघिका हरेक संस्करण हरेक वर्ष प्रत्यक महाद्वीपका च्याम्पियन्सको बीचमा हुँदै आएको थियो भने अर्को विश्वकप भने सन् २०२५ मा हुने फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले घोषणा गरेका हुन्।

यसबारे प्रसिद्ध खेल पत्रकार फाब्रिजियो रोमानोले समेत पुष्टि गरिसकेका छन्। आउने विश्वकपमा ३२ टोलीले सहभागिता जनाउने भएका छन्।

फिफाले घोषणा गरे अनुसार क्लब विश्वकपमा पनि फिफा विश्वकप जस्तै मज्जा दिनका लागि ३२ टोली रहने बताइएको छ। फिफाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै फिफा अध्यक्ष इन्फान्टिनोले भने, “नयाँ पुरुष क्लब विश्वकप २०२५ मा हुनेछ र यसमा ३२ टोली सहभागी हुनेछन्।”

“३२ टोलीको प्रतियोगिता नै अगाडि बढ्नेछ, यसलाई विश्वकप जस्तै बनाइनेछ”, इन्फान्टिनोले थपे। यससँगै हालको च्याम्पियन्स लिग विजेता रियल म्याड्रिडको पुन: विश्व च्याम्पियन हुने सपना चकनाचुर हुने देखिएको छ। हाल साबिक विश्व विजेता क्लब चेल्सी फुटबल क्लब रहेको छ। आउँदो विश्वकपका लागि सहभागिता जनाउँने क्लबले प्रतियोगितामा छनोट हुन के गर्नु पर्ने भनेर मापदण्ड भने स्पष्ट पारिएको छैन।

८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया