बिहिबार १९ माघ २०७९

काठमाडौं: सेमिफाइनलमा क्रोएसियालाई ३–० ले पराजित गर्दै विश्वकपको फाइनलको यात्रा तय गरेको अर्जेन्टिना विश्वभरका कैयौँ फ्यानहरुको ढुकढुकीमा बसिरहेको छ यतिबेला ।

अर्जेन्टिनाका लोकप्रिय खेलाडी मेस्सी धेरैको रियल हिरो हिरो हुन् । यसैबिच पछिल्ला दिनमा अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेज पनि चर्चाको शिखरमा छन् । अर्जेन्टिनाले एकपछि अर्को खेलमा बाजी मार्दै अघि बढीरहेका बेला गोलकिपर एमिलियानो मार्टिनेजले आफ्नो टिम विश्वकपका दौरान धेरै सुधारिएको बताएका छन् ।

सेमिफाइनलमा क्रोएसियालाई ३–० ले पराजित गर्दा अर्जेन्टिनाको उत्कृष्ट लय देखिएको उनको तर्क छ । तेस्रोपल्ट विश्वकप जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको अर्जेन्टिनाका गोलकिपर
मार्टिनेजले आफ्नो टिममा पहिलादेखि नै धेरै प्रतिभाहरु भएको दाबी गरेका छन् ।

अर्जेन्टिनी अखबार क्लेरिनसँग कुराकानी गर्दै उनले भनेका छन् जबदेखि मैले यो टिमबाट खेल्न सुरु गरेँ, हामी क्रमशः राम्रो हुँदै गइरहेका छौं । हामी कोपा अमेरिका टिममात्र होइनौं, हामी फाइनलिस्ट टिममात्र होइनौं । हामी त्योभन्दा एक कदम अघि छौं ।

पहिलो खेलमा नै साउदी अरेबियासँग नराम्ररी पराजय बेहोरेको उजेन्टिनाले समूह चरणका पछिल्ला दुई खेलमा सहज जितपछि अन्तिम १६ मा अस्ट्रेलिया र क्वार्टरफाइनलमा नेदरल्याण्ड्सविरुद्धको खेल कठिन अवस्थाबाट गुज्रिनु परेको थियो ।

८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया