बिहिबार १९ माघ २०७९

यतिबेला कतारमा ‘फिफा विश्वकप फुटबल २०२२’को महासंग्राम चलिरहेको छ। विश्वभर लगायत नेपालमा पनि विश्वकपको रौनक निकै छ।

हरेक व्यक्तिहरुको सपोर्टिभ टिम फरक फरक छन् । धेरै जना नेपालीहरुले त आफुलाई मनपर्ने टिमको जर्सी लगाएर सामाजिक संजालमा तस्बिर सार्वजनिक समेत गरेका छन् ।

त्यसै अनुरुप नायिका श्वेता खड्काले पनि अर्जेन्टिनाको जर्सी लगाएको केही तस्वीरहरु सार्वजनिक गरेकी छिन्। अर्जेन्टिना टिमको सपोर्ट गर्दै श्वेताले आफ्नो फेसबुक अकाउन्टबाट तस्वीर सार्वजनिक गरेकी हुन् ।

हाल फाइनलका लागि ४ टिमले प्रतिस्पर्धा गर्दैछन् । फाइनलको लागि प्रतिस्पर्धा गर्ने टिममा पर्छ अर्जेन्टिना। अर्जेन्टिनाले फाइनलको लागि मंगलबार राति क्रोसियासँग प्रतिस्पर्धा गर्दैछ।

यो खबर फिल्मी पत्रमका छापिएको छ ।

७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया