बिहिबार १९ माघ २०७९

काठमाडौं । जाजरकोटकी एक महिलाले पतिलाई ‘सौता ल्याउन’ गरेको बिन्तीले उनीमाथि परेको सामाजिक दबाव र उनले बेहोरिरहेको पीडा कति भयानक थियो अभिव्यक्त गर्छ उनको पति मोतीराम भने ‘अपुतो’ भनी ‘समाज’ ले गिज्याएको सहेर बस्छन् तर दोस्रो बिहे गर्दैनन् ।तर तीन दशक लामो दाम्पत्य जीवनमा यस वर्षको साउन ३ गतेले त्यो दम्पतीको ‘असह्य पीडा हरण’ गरिदिएको छ ।

छोरा जन्मेको खबर सुन्दाको क्षण सम्झिँदै कोपिला रानाले भनिन्, ‘डाक्टरले छोरा जन्मियो भन्ने बित्तिकै एक छिन त विश्वास नै लागेन, सपना देखे जस्तो भयो। कहाँबाट छोरा आयो होला भन्ने लाग्यो ।

’भाइ जन्मिएपछि बिमला प्रसन्न ती नवजात शिशु कोपिलाको कोखबाट जन्मिएका १२ औँ सन्तान हुन् । १२ वर्षकै उमेरमा विवाह गरेकी कोपिलाले १७ वर्षको हुँदा जेठी छोरीलाई जन्म दिएकी थिइन् ।

तिनै जेठी छोरी विमलाका अनुसार सुत्केरी हुँदा अत्यधिक रक्तस्राव भएर बिहान आठ बजेतिर बेहोस भएकी आमा दिउँसोतिर मात्र होसमा आएकी थिइन् ।

छोरा नहुँदा सबै तिरबाट लामो समयसम्म अपहेलनापूर्ण व्यवहार खेप्नु परेको तितो अनुभव सँगालेको बताउने कोपिलाले ४२ वर्षको उमेरमा छोरा पाउँदा सबै दुख र पीडा बिर्सिएको सुनाइन् ।छोराको आशामा ११ जना छोरी जन्माउनुलाई राना दम्पतीले ‘बाध्यता’ भनेको छ ।

मरेपछि काज किरिया गर्ने र पुस्ता धान्ने छोरा हुन भन्ने बुझाइले गर्दा कर्णालीमा छोरीमाथि विभेद हुने गरेको बताइन्छ ।छोरा नजन्माएको भन्दै कतिपय महिला घरेलु हिंसाका सिकार समेत हुने गरेका छन् । बीबीसी नेपालीबाट

१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया