बुधबार १८ माघ २०७९

काठमाडौं ।

सङ्घीय संसद्मा १८ सिट प्राप्त गरेको नेकपा माओवादीले गठबन्धन कायम राख्ने र सरकार पनि मिलेर बनाउने जनाए पनि प्रदेश १ मा नेकपा एमालेसँग सहकार्य गर्ने गरी संवाद अघि बढाएको छ । प्रदेश १ मा एमाले सबैभन्दा ठूलो दल बनेपछि माओवादीले एमालेसँगको सहकार्यका लागि संवाद अघि बढाएको स्रोतको दावी छ ।

एमालेले करिब ४० सिट र माओवादीले १३ सिट प्राप्त गर्ने अवस्थामा यी दुई दलको मात्रै सरकार बन्ने अवस्था देखिएको हो । प्रदेश १ को ९३ सांसद मध्ये एमाले र माओवादी मिल्दा ५३ सांसद हुने भएकाले एमाले र माओवादीको सहकार्य सम्भव देखिएको माओवादीका एक नेताले बताए । उनका अनुसार कांग्रेससँगको सहकार्यमा प्रदेश १ मा माओवादीको तर्फबाट मुख्यमन्त्री नबन्ने भएपछि एमालेसँग आधा आधा कार्यकाल बाँडेर मुख्यमन्त्री बन्ने दाउमा लागेको स्रोतको दावी छ ।

‘प्रदेश १ मा माओवादीले कांग्रेस र नेकपा एसलाई मुख्यमन्त्रीमा समर्थन गर्नुपर्ने हुन्छ, नेकपा एसको तर्फबाट अहिलेका मुख्यमन्त्री राजेन्द्र राई नै दोहोरिन भएकाले त्यहाँ माओवादीलाई कठिन हुने भएकाले एमालेसँग सहकार्य गर्न सहज देखिएको हो’,माओवादीका ती नेताले भने ।

७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया