
काठमाडौं ।
रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। गैरकानुनी ढंगबाट दल दर्ता गरेको भन्दै खारेजीको माग गर्दै लामिछानेविरुद्ध युवराज पौडेलले आयोगमा उजुरी दिएका हुन्। ‘नागरिकताकै विषयलाई लिएर उजुरी परेको छ।
पुरानो नागरिकताबाट दल दर्ता गरेर सभापति बन्नु गैरकानुनी हो,’ आयोगमा परेको उजुरीमा भनिएको छ। अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग नगरेको र उताको त्याग गरेपछि फेरि पुरानै नागरिकता प्रयोग गरेको आरोप उजुरीमा लगाइएको छ।
नागरिकताकै विषयमा आयोगले सोधेको स्ष्टीकरणमा लामिछानेले पुरानै नागरिकताबाट पासपोर्ट बनाएको जवाफ दिएपछि उनको नागरिकता विवाद बढेको हो।
हाल उनको नागरिकताको विषयमा गृह मन्त्रालयले पनि अनुसन्धान गरिरहेको छ। लामिछानेको नागरिकता विवाद प्रकरणमा महानगरीय प्रहरी परिसर काठमाडौंले छानबिन अघि बढाएको छ।