बुधबार १८ माघ २०७९

काठमाडौं।

राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन् ।

आज समाजवादीको कार्यालय काठमाडौँमा आयोजित कार्यक्रममा मनाङेलाई महासचिव बेदुराम भुसालले खादा र अवीर लगाएर पार्टीमा औपचारिक रुपमा प्रवेश गराएका घोषणा गरेका हुन् । आफ्नो विचार र सिद्धान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उनले बताएका छन् ।

पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका थिए ।

कार्यक्रममा गुरुङको पार्टी प्रवेशबारे लिखित विज्ञप्ति वाचन गरिएको थियो । ‘राजनीति नि:सर्त गरिने जनसेवा हो । नि:सर्त गरिने जनसेवाका लागि एक्लै होइन, संगठन वा पार्टीमा बसेर जानुपर्ने रहेछ । त्यही भएर म नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेँ’, गुरुङले विज्ञप्तिमा भनेका छन् । उनले अब एकीकृत समाजवादी छडेको खण्डमा राजनीति नै नगर्ने बताए ।

६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया