बुधबार १८ माघ २०७९

काठमाडौँ – कतार विश्वकपमा आज रातिबाट नकआउटका खेलहरु सुरु हुँदै छन्। अन्तिम १६ अन्तर्गत आज राति दुई खेल हुँदै छन्। त्यसमध्ये एक खेलमा उपाधिको दाबेदार मानिएको अर्जेन्टिना पनि खेल्दैछ।

आज राति नेपाली समय अनुसार १२ बजेर ४५ मिनेटमा समूह ‘सी’को विजेता अर्जेन्टिनाले समूह ‘डी’को उपविजेता अष्ट्रेलियाको सामना गर्नेछ। समूह चरणका खेलमा दुवैले दुई खेलमा जित निकाल्दा एक-एक खेलमा हार बेहोरेका थिए।

अर्जेन्टिना पहिलो खेलमै साउदी अरेबियासँग स्तब्द बन्न पुगेको थियो। त्यसपछि भने उसले दुवै खेलमा जित निकाल्दै नकआउटको यात्रा तय गरेको थियो। समूह चरणमा अर्जेन्टिनाले मेक्सिको र पोल्याण्ड दुवैलाई २-० को गोल अन्तरले पराजित गरेको थियो।

त्यस्तै अस्ट्रेलिया भने फ्रान्ससँग पराजित भएको थियो। समूहचरणका अन्य दुई खेलमा भने उसले डेनमार्क र ट्युनिसियालाई पराजित गरेको थियो। आज हुने खेलमा फुटबल पावरहाउस अर्जेन्टिनालाई स्तब्द पार्दै क्वाटरफाइनलमा प्रवेश गर्ने दाउ सहित अष्ट्रेलिया मैदानमा उत्रनेछ। उता अर्जेन्टिना पनि दुई खेलमा निकालेको उत्कृष्ट जितको लयलाई कायम गर्ने योजनामा हुनेछ।

मेस्सी खेल्दै हजारौं खेल

अष्ट्रेलिया विरुद्धको खेल कप्तान लियोनेल मेस्सीका लागि हजारौं खेल हुनेछ। क्लब र देश गरेर उनले अहिले सम्म ९ सय ९९ खेल खेलिसकेका छन्। अष्ट्रेलिया सहित गर्दा उनको खेल संख्या १ हजार पुग्नेछ। यो विश्वकप सम्भवतः मेस्सीको अन्तिम विश्वकप रहेको छ। विश्वकप जित्ने उनको यो अन्तिम मौका हो। यस कारण पनि उनी आज आफ्नो टोलीलाई सक्दो धेरै योगदान दिने प्रण सहित मैदानमा उत्रनेछन्।

६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया