बुधबार १८ माघ २०७९

काठमाडौं, मंसिर १७ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्रहरु एक हुने समय आएको बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध घेराबन्दी भएको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘कथाले माग्यो अब १ स्वतन्त्रहरु एक बन्ने बेला आएको छ १ स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ । यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ ।’

बाजुरा : कांग्रेस उम्मेदवार बद्री पाण्डेले बढाए मतान्तर

एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभाको मत गणना जारी छ ।

मत विवादका कारण निर्वाचनको ११ औं दिनमा सुरु गरिएको मतगणना अनुसार बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिइरहेका छन् ।

निर्वाचन आयोगले दिएको पछिल्लो मतपरिणानअनुसार २० हजार ६३६ मत गणना हुँदासम्म कांग्रेसका पाण्डेले ११ हजार ७६ मत पाएका छन् ।

१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया