आइतबार १९ मंसिर २०७८

भारतको एमपीको सागर जिल्लाको एक सरकारी स्कुलको शिक्षक सीएच श्री वास्तवले आफ्नो स्कुटरमा यता उता लान मिल्ने लाइब्रेरी बनाएका छन् ।

यस लाइब्रेरीमा बच्चाको कोर्स सम्बन्धी सबै किताब उपलब्ध हुनाको साथै अन्य जरुरी किताब पनि प्राप्त गर्न सकिन्छ । अनलाइन शिक्षा लिन नपाएका विद्यार्थीहरुको लागि उनको लाईबेरी अत्यन्तै उपयोगी बनेको छ । उनीहरूले यो लाइब्रेरीको प्रयोग गरी आफ्नो पढाईलाई निरन्तरता दिइरहेका छन् ।

शिक्षक सीएच श्री वास्तव भन्छन्, ‘यो लाइब्रेरीको प्रयोग गर्ने धेरै बच्चाहरू गरिब परिवारसँग सम्बन्धित छन् । कमजोर आर्थिक स्थितिको कारण फोन र ल्यापटप किन्न नसक्ने र कोभिडको कारण बच्चाहरूको पढाइमा ज्यादै असर गर्‍यो ।’

यही सोचेर एउटा सानो लाइब्रेरी बनाएँ जसमा बच्चाहरू आरामले पढाई गरिरहेका छन् । उक्त लाइब्रेरीमा बच्चाहरूको कोर्को किताब बाहेक कथाहरू, कविताहरूका किताब पनि पाइन्छ ।

शिक्षक श्री वास्तवको कामको सबै तिर तारिफ भइरहेको छ ।

३५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया