बुधबार १८ माघ २०७९

सामाजिक सञ्जालको विकास नहुँदा मनका भावना क्षणभरमा सर्वव्यापी पार्न सहज थिएन । सामाजिक सञ्जालले अहिले जो कोहीलाई आफ्ना मनमा लागेका आवेग, उवेग, हर्ष, विस्मात, आक्रोसलगायत भावना आफ्ना साथी तथा फलोअर्समा पुर्याउन सुविधा दिएको छ ।

सामाजिक सञ्जालले कलाकारलाई अझै खुदो भएको छ । प्रविधिले उपलब्ध गराएको प्लेटफर्म कलाकारहरूले भरमग्दुर प्रयोग गरिरहेका छन् । जसमा नायिका नीता ढुंगाना पनि पर्छिन् । निकै सुशील र व्यावसायिक मानिने नीताको सामाजिक सञ्जालमा राम्रो पकड छ ।

उनी यसमा केही न केही लेखिरहेकी हुन्छिन् ।केही समयअघि ज्योतिष हरिहर अधिकारीसँग विवाह बन्धनमा बाँधिएकी नीताले दार्शनिक लय समातेर सोमबार एउटा स्ट्याटस पोस्ट गरेकी छन् । जसको सार सम्पन्नता भन्दा अभाव र संघर्ष नै प्यारो हुन्छ भन्ने छ ।

अक्सर मानिस भरिपूर्ण हुन चाहन्छन् । तर नीताको विचारमा भरिनु उचित होइन किनभने भरिँदा नयाँका लागि ठाउँ नै रहन्न । त्यसैले जीवन टिलपिल भरिएको भन्दा अलिकति खाली रहेकै जाती हुन्छ ।‘अलिकति त रित्तिनु नै राम्रो ,भरियो भने केहीका लागि ठाउँ नै रहन्न,’ नीता भन्छिन् ।

समस्यासँग नभाग्न अनि असफलताबाट नबिच्किन पनि नीताको सुझाव छ । यस्ता समस्याले सफलताको स्वाद चखाउने भएकाले यिनले घोचेको नै ठीक हुन्छ ।‘अलिकति त असफलताले घोचेको च्वास्स पनि ठिक, जसले सफलताको स्वाद चिन्न सघाउँछ अलिकति विवशताले कठालो समातेकै बेस् ।

समस्यासित जुध्न सिकाउँछ ।प्रायशः कलाकार कुनै समस्याले थिचिएपछि भावना साट्न सामाजिक सञ्जालको चौतारीमा आइपुगेका हुन्छन् । वेरोजगारीले दिक्दारिँदा वा सम्बन्धमा खटपट आउँदा पनि कलाकारले फेसबुकलाई मन बहलाउने मेलो बनाउने गरेका छन् ।

नीताले कुनै सन्निकट समस्यासँग जुध्न साहस जुटाएकी होलिन् कि बसिबियालो मात्र गरेकी होेलिन् ? या समस्या र अभावमा जुधेकालाई साहस जुटाउन ढाडस ?कतिपयले उनको यो स्टाटसलाई हरिहरसँग खटपट आएको हुन् सक्ने समेत अनुमान गरेका छन ।

३४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया