
काठमाडौं। इलाम क्षेत्र नं २ का एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ्ग अन्तिम समयमा पछि परेका छन् ।
एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङ्ग कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कासँग ३१६ मतले पछि परेका छन्।
पछिल्लो मत परिणाम अनुसार खड्काले २८ हजार ७ सय ८६ मत ल्याएका छन् भने नेम्वाङ्गले २८ हजार ४ सय ७० मत ल्याएका छन्।