आइतबार ११ मंसिर २०७९

काभ्रे । काभ्रे क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार गोकुल बास्कोटालेअग्रता बढाएका छन् । पछिल्लो परिणामअनुसार उनले २७ हजार १८२ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार शिव हुमागाईले २५ हजार ६ सय ४९ मत रहेको छ ।

बास्कोटाले १५३३ मतले अग्रता लिएका छन् ।
हालसम्म वेथानचोक, बनेपा, पनौती, भुम्लु, मन्डन १,२,३, ४,५,६ को मतगणना सकिएको छ ।

निर्वाचनमा धाँधली भयो – ओली

एमाले अध्यक्ष केपी ओलीले निर्वाचनमा धेरै ठाउँमा धाँधली भएको आरोप लगाएका छन् ।

झापा ५ बाट निर्वाचित भएपछि प्रमाणपत्र बुझ्न आयोजित कार्यक्रममा परिणाम अपेक्षित नभएको भन्दै निर्वाचन धाँधली भएको बताएका हुन् । उनले भने, ‘यो परिणाम अपेक्षित छैन । धेरै ठाउँमा धाँधली भएको छ । हामी धाँधली भएका ठाउँमा पुनः निर्वाचनको माग गर्छौं ।’

निर्वाचन परिणाप्रति असन्तुष्ट देखिएका ओलीले अब मुलकमा पुनः फोहोरी खेल सुरु भएको जिकिर गरे । ‘पछिल्लो दुई वर्षमा मुलुकमा जस्तो फोहोरी खेल भएको थियो । अब त्यही दोहोरिनेछ, क्षमताको आधारमा जिम्मेवारी दिनेभन्दा टाउको गनेरभन्दा मोलमोलाइ गर्ने समय आएको छ ।’

उनले ५ वर्ष देश उकालो लागेमात्र देशले गति दिने भए पनि चुनावको परिणामले स्थायित्व नदिने बताए । अब टाउका गनेर भाग हिस्सा दिनुपर्ने अवस्था आउने उनको भनाइ थियो ।

ओलीले चुनावी परिणामले कुनै पनि दलको वहुमत नदिएकाले भवितव्यले संसदमा पुगेकाहरुको टाउको गनेर मोलतोल हुने बताए ।

३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया