बिहिबार ०९ बैशाख २०७८

काठमाडौँ । चर्चित पंजाबी गायक दिलजानको ‘सडक दुर्घटना’मा ज्यान गएको छ। सोमबार राति करिब २ बजे अमृतसरको जन्डियालामा अत्याधिक गतिमा गुडेको कार अनियन्त्रित भइ ‘दुर्घटना’ हुँदा उनको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

समाचार रिर्पोटका अनुसार ३१ वर्षीय गायक दिलजानको कार सडकमा पार्किङ गरिएको ट्रकसँग ‘ठक्कर खाँदा’ ‘घटनास्थल’मै ज्यान गएको हो।

जंडियाला प्रहरीका अनुसार दिलजानको ‘दुर्घटना’पछि केही मानिसले उनलाई अस्पताल लगे पनि अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको डाक्टरहरुले जानकारी गराएका थिए।

दिलजान सन् २०१२ मा संगीत रियालिटी शो सुर क्षेत्रमा दोस्रो बनेपछि चर्चामा आएका थिए। दिलजानको निधनमा पंजाबका मुख्य मन्त्री क्याप्टेन अमरिन्दर सिंहले ‘सडक दुर्घटना’मा युवा गायकलाई गुमाउनु परेको भन्दै शोक व्यक्त गरे।

उनको ‘असामयिक निधन’पछि सामाजिक सञ्जालमा उनका शुभेच्छुकहरुले समवेदना व्यक्त गरेका छन्। दर्जनौं चर्चित पंजाबी गीत गाएका दिलजानले केही भजन पनि गाएका छन्।

६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया