आइतबार १७ साउन २०७८

काठमाडौ / झापाको दमकमा भएको घटनामा श्रीमती पनि सार्वजनिक भएकी छन् । पाँचथर फालेलुगंका मनकुमार राई झापाको दमकका उनी भाडामा बस्दै आएका थिए । श्रीमती सहित दमकमा बस्दै आएका उनले श्रीमतीले निकै दुख दिएको र अब जिउन नसक्ने भन्दै एक अडियो रेकर्ड गराएका छन् । उनले सो अडियो आफ्नो भाईलाई पठाएका छन् ।

उनले भाईलाई श्रीमतीकै कारण जिउन कठिन भएको र आफुले देह त्याग गर्न लागेको भन्दै भाईलाई अडियो पठाएका थिए । श्रीमानले यस्तो आरोप लगाए पछि श्रीमती पनि सार्वजनिक भएकी छन् । उनले घटनामा आफ्नो कुनै पनि सम्बन्ध नभएको बताएकी छन् । केही समय देखि श्रीमान श्रीमतीबीच सुमधुर सम्बन्ध भने नरहेको उनले बताएकी छन् ।

उनले आफुलाई त्यतीकै आरोप नलगाउन पनि आग्रह गरेकी छन् । उनले वास्तविकता प्रहरी अनुसन्धानवाट खुल्ने बताएकी छन् । मैले केही गरेकै छैन, म किन डराउने ? उनले भनिन्, अनुसन्धान पछि सबै कुरा खुल्छ । उनी आफ्नो कोठामा मृ त फेला परेका थिए । उनको श्रीमती शनि राईलाई परिवारका सदस्यले ज्या न लि एको आरोप लगाएका थिए ।

यो घटना पछि दमकमा दुई परिवारबीच निकै वि वाद भएको थियो । मनकुमारलाई दाईले देह त्याग गरेको भनेर उनको भाईलाई फोन आउँदा उनले कसरी घटना भयो हामी आएपछि मात्र घटनास्थलवाट शव उठाउनु भनेर आफुले भन्दा पनि घटनास्थल पुग्दा शव उठाइसकेकाले आफुहरुलाई शंका लागेको बताएका छन् ।

भिडियोः

२७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया