आइतबार १९ मंसिर २०७८

“फूल बुट्टे सारी” बोलको गीत पछिल्लो समय निकै चलेको गीत हो। यस गीतका थुप्रै कभर भर्जन समेत निकालिएका छन्। सबै जसो कभर भर्जन पनि निकै प्रख्यात भएको यस गीतलाई दिग्गज हास्य कलाकार मदनकृष्ण श्रेष्ठले पनि गाएका थिए।

मदनकृष्णको स्वरमा रहेको कभर भर्जनलाई पनि दर्शकले निकै मन पराएका छन्। गीतको यस लिजेन्डरी भर्जनलाई युट्युबमा पचास लाख पटक हेरिएको छ। फेब्रुअरी १६ मा युट्युबमा प्रिमियर भएको यस भिडियोलाई दर्शकले दिएको माया देखेर स्वयम् मदनकृष्ण पनि दङ्ग परेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत एक पोस्ट गर्दै ५० लाख पटक भिडियो हेरिदिएकोमा सबैलाई ५० करोड पटक धन्यबाद दिएका छन्।

उनले आफ्नो भिडियोमा आफूसँगै अभिनय गरेकी मिथिला शर्मासँगको फोटो पोस्ट गर्दै लेखेका छन्,”ओहो !!!!! मैले गाएको भर्शनको गीत “फूल बुट्टे सारी” को भ्युज पनि ५० लाख पुगीसकेछ आम्मामामा … …सबैको जय होस … मेरो धोत्रो स्वरलाई पनि माया गरेर ५० लाख भन्दा बढी दर्शकश्रोताहरुले सुनी हेरीदिनुभएकोमा सबैलाई ५० करोड पटक धन्यबाद छ।”

४५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया