आइतबार ११ मंसिर २०७९

बलिउड अभिनेत्री उर्फी धेरै कपडाका कारण ट्रोल भएपनि उनको पछिल्लो ट्रोलिङ थ्रीडी ब्लू टपको रहेको छ । उनको नीलो टपको लागि ट्रोल गरिएको थियो । तर ट्रोलरहरूले उनलाई लामखुट्टेको जाली अर्थात झुल लगाएको बताएका थिए । उर्फीले केही फेशनका कपडा आफै बनाउँछिन् भने केहीको कहिले नक्कल गर्ने गरेकी छिन् ।

तर उर्फीको यो टप निकै खास रहेको छ किनकी यसको मूल्य पनि धेरै रहेको छ । हेर्दा मच्छरदानी जस्तो देखिने यस कपडाको मुल्य भने महंगो नै रहेको छ । वास्तवमा उनको यो टपको मुल्य पूरै ७ हजार भारु रहेको छ । जुन विशेष गरेर उनकै लागि नापेर बनाइएको छ । उर्फीका लागि यो स्पेशल टप डिजाइनर सिमरन मेरवाहले बनाएकी हुन् ।

यस टपको फरक कुरा यो हो कि यसलाई सेतो नेट मार्फत थ्रीडी लुक दिइएको छ । जसका कारण उनलाई एकदमै सुहाएको देखिएको छ । साथै यसको रंग संयोजन पनि राम्रो छ, तर निलोमा सेतो, माथि फरक देखिएको छ । डिजाइनरका अनुसार यो टपलाई थ्रीडी टप भन्न सकिन्छ ।उर्फी प्रायः ट्रोल भईरहे पनि उनको आफ्नै डिजाईनका धेरै लुगाहरू समेत रहेका छन् ।

उर्फीले कपडा लगाएकै कारण ट्रोलको सामना गर्नु परिरहेको छ । । तर उर्फीले यी सबै ट्रोलहरूको वास्ता नगरि हरेक दिन नयाँ लुक्समा देखिने गरेकी छिन् ।

७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया