बुधबार ०३ कार्तिक २०७८

काठमाडौ । चर्चित बाल गायक सचिन परियारका बुबा तेजेन्द्र परियार सहयक प्रहरी निरीक्ष बनेका छन् । तर उनी रियलमा होइन रिलमा प्रहरी निरिक्षक बनेका हुन् । उनले सत्य घटनामा आधारित ” कञ्चन ” म्युजिक भिडियोमा प्रहरीको भुमिका निभाएकाहुन । त्यसो त उनी कलाकार नै हुन् । उनले यस अघि पनि विभिन्न म्युजिक भिडियोमा काम गरिसेका छन् ।

माइक्रोलिन्क मुभी मिडियाको ब्यानरमा बनेको यो गित एकदमै सत्यतथ्य र एकदमै भावुक हुने खालको छ । उक्त गितमा सचिनका बुबाको प्रहरिको भुमिका छ । जहाँ , कन्चनलाई उनले नै पक्राउ गर्छन र जे ल मा हाल्छन अनि सम्झौता गरेर उनलाई रिहा गरेको देखिन्छ ।उनी उसो त केही म्युजिक भिडियोमा पहिले नै अभिनय गरिसकेका कलाकार हुन । उनले पहिलोपटक प्रहरीको भुमिका निभाएका हुन ।

व्यावसायिक विज्ञापन बिनानै ” कञ्चन ” म्युजिक भिडियो ट्रेन्डिङ यात्रामा प्रवेश गरेको छ । सत्य घटनामा आधारित उक्त गित दर्शकको रोजाइमा परेको हो । भिडियो हालेको २४ घण्टा नबित्दै सो गित ४ लाख दर्शकको रोजाइमा परेको हो । यो समाचार बनाउदै गर्दा हाल यो भिडियो २४ न ट्रेन्डिङमा परेको छ ।

चितवनका कन्चन तिमिल्सिनाको प्रे’म कथामा आधारित “कन्चन ” नामक गीत मा मेचीकाली खबर युटुब च्यानल मार्फत रिलिज भएको छ । कन्चनले एक अनिशा नामक केटि संग प्रेम गरेका हुन्छन। उनीहरु एक अर्का बिना बा’च्न नसक्ने भए पछि उनीहरु बिहे गर्दछन्। अनिशाको माइती ले हामी स्वीकार गर्छौ , आउनु होस् हामी टिका लगाएर पठाऊछौ भन्छन। उनीहरु ससुराली आउदछन्।

२१० पटक हेरिएको

तपाईको प्रतिक्रिया