आइतबार १९ मंसिर २०७८

वैशाख १ देखि ट्रायल पास भएलगत्तै अस्थायी लाइसेन्स पाइने भएको छ । उक्त व्यवस्था लागु भएपछि हाल ट्रायल पास गरेको १ वर्ष बितिसक्दा पनि चालकले लाइसेन्स पाउन नसक्ने समस्याको अन्त्य हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी वैशाख १ गतेबाट सवारी साधन सञ्चालन अनुमति पत्र लाइसेन्सको नयाँ व्यवस्था गर्ने भएको हो । मन्त्रालयले विभागलाई यसैअनुसार निर्देशन दिएसँगै यो व्यवस्था विभागले वैशाख १ बाट लागु गर्ने बताएको छ ।

४९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया