बुधबार ०३ कार्तिक २०७८

प्रधानमन्त्री केपी ओलीले वृद्धभत्ता बढाए चाँडै ४ हजार पुु-याइने घोषणा गरेका छन् । अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिलाको सन्दर्भमा आयोजना गरेको भेलामा ओलीले यस्तो घोषणा गरेका हुन् ।

‘यस देशमा जनतालाई हेर्ने हामीबाहेक को छ ? गफ गरेर हुन्छ ?०५१ सालमा १ सय रुपैयाँबाट हामीले सुरु गरेको सामाजिक सुरक्षा भत्ता, जसलाई त्यसबेला वृद्धभत्ता भनियो अहिले त्यसलाई ३ हजार पुु-याएका छौं ।

५ हजार पुु-याउने हाम्रो उद्देश्य छ,’ ओलीले भने,‘४ हजार त छिट्टै पुु-याइहाल्छौं । छिट्टै पुु-याउँछौं हामी । तर, जनतालाई हेर्ने अरु कोही छ ?’ वृद्धवृद्धा र शारिरिक अपांगता भएका व्यक्तिहरुलाई आफ्नो सरकारबाहेक अरुले नसम्झिएको दाबी पनि उनले गरे ।

सरकारमा जाने कुरालाई लिएर सकसमा परेको जनता समाजवादी पार्टी ( जसपा ) र प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बालुवाटारमा संवादमा जुटे। पटक पटक वार्ता गरेका दुई पक्षबीच हिजो बालुवाटारमा भएको बैठक सहमति नजिक पुगेको छ। सरकारमा जाने विषयमा सहमत जसपाले होली सकिएलगत्तै लिखित सहमति गर्ने भएको छ।

२५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया