बुधबार ०३ कार्तिक २०७८

काठमाडौं । नेपाली कांग्रेसले नेता नवीन्द्रराज जोशीको नि,धन पछि केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। बैठक शनिवार बिहान साढे ९ बजे बस्ने भएको छ । कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधन भएपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

श्रद्धाञ्जलीका लागि जोशीको पा,र्थिव शरीर शनिवार बिहान १० देखि दिउँसो १ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

नेपाल काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन शुक्रवार साँझ ८:२४मा नर्भिक अस्पतालमा भएको हो। । गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि उहाँ सोही अस्पतालमा उपचाररत थिए ।

पूर्व उद्योग मन्त्रीसमेत रहेका नेता जोशी काठमाडौँमा लोकप्रिय नेता थिए । सन्ताउन्न वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो । विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी काठमाडौँ क्षेत्र नं. ८ बाट विसं २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

२६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया