मंगलबार १८ आश्विन २०७९

हेटौंडा ।

मकवानपुर प्रहरीका अनुसार भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ५ जनाको मृत्युभएको हो । काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट अनियन्त्रित भई बस पल्टिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

५ जनाको शव दुर्घटनास्थलमा नै छ र केही बसभित्र थिचिएको आशंका प्रहरीले गरेको छ । जुरिखेतको माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ । दुर्घटनास्थलमा अहिले प्रहरी पुगिसकेको र उद्धारको काम भइरहेको छ ।

३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया