आइतबार ३१ आश्विन २०७८

काठमाडौं । चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला र कलाकार सरोज खनालको फेसबुक अकाउन्ट ह्याक भएको छ। निरौलाको फेसबुक अकाउन्ट ह्याक गरी फेसबुकका साथीहरुबाट एक लाख रुपैयाँ मागिएको छ भने कलाकार खनालको एकाउन्टबाट विभिन्न व्यक्तिलाई पैसा माग गरिएको पाइएको छ।

गायक सन्जय श्रेष्ठले आफूलाई पनि खनालको एकाउन्टबाट म्यासेज आएको भन्दै स्क्रिनसट सार्वजनिक गरेका छन्। यस्तो छ सरोज खनालको फेसबुक अकाउन्टबाट गायक श्रेष्ठलाई आएको म्यासेज।यस्तै, समाजसेवाी इशा गुरुङले पनि आफूकहाँ मेसेज आएको बताएकी छन्।

३२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया