शनिबार ०५ आषाढ २०७८

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले भोलि शुक्रबार (चैत १३ गते) सार्वजनिक बिदा दिएको छ ।

नगर कार्यपालिकाको ६७औँ बैठकले अन्तरपालिका स्तरीय मेयर कप रनिङ भलिबल प्रतियोगिताको उद्घाटनका दिन नगर क्षेत्रभित्र स्थानीय बिदा दिएको हो ।

शुक्रबार नगर कार्यपालिकाको कार्यालय एवं अन्तर्गतका वडा, स्वास्थ्य चौकी र सम्पूर्ण शैक्षिक संस्था बन्द हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीकुमार कार्कीले अर्थतन्त्रलाई जानकारी दिनुभयो ।

१३–१५ चैतसम्म हुने अन्तरपालिका स्तरीय मेयर कप भलिबल प्रतियोगिताका विजेताले २ लाख २१ हजार १ सय र उपविजेताले १ लाख ११ हजार १ सय रुपैयाँका साथ रनिङ कप, मेडल र प्रमाणपत्र पाउनेछन् । तेस्रो हुने टिमलाई नगद ६६ हजार रुपैयाँका साथ कप, मेडल र प्रमाणपत्र दिइने बताइएको छ ।

२२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया