आइतबार १९ आषाढ २०७९

झापाको हल्दिबारी बस्ने खगेन्द्र प्रसाद आचार्यको बुहारी सरिता खड्का आफ्नु छोरा विदेशमा रहेको मौकामा अर्कै पर पुरुषसँग लागेर फरार भएकी छिन्। उनी बजारमा गएर मोबाइल बनाएर आउछु भन्दै आफ्नु १३ वर्षिय छोरीलाई चटक्कै माया मारेर फरार भएकी रहेछिन्।

उनीहरूले काठमाण्डौं गएर सबै माइतीलाई लिएर सरितालाई खोज्दा पनि नभेटेको अवस्थामा उनीहरू मिडियामा आएका छन्। उनीहरूले यतिबेला भने टिकटक बाट अहिले भने उनी महेन्द्रनगर कञ्चनपुरको एक मान बहादुर सुनार भन्ने व्यक्ति सँग फरार भएको थाहा भए पनि अहिले उनी ठ्याक्कै कहाँ छिन् भन्ने कुरा परिवारलाई थाहा नभएको बताएका छन्।

उनलाई तपाईंको बुहारीले के के लिएर जमु भएको थियो भनेर सोध्दा उनले यसो भन्छन्,’ मलाई जहाँ सम्म थाहा भए अनुसार पाँच तोला सुन थियो छोरा बुहारी सँग त्यो एक्लै लिएर गएकी रहेछिन्। त्यस्तै छोराले विदेश बस्दा पठाएको १० लाख रुपैयाँ र दुईओटा घडेरीको लालपुर्जा लिएर गएकी छिन्।’

अनि तपाईंले उसको माइतीलाई सोध्दा के भन्नु भयो भनेर सोध्दा उनले यसो भन्छिन्,’ माइती लाई सोध्दा त यस्तो चासो नैं दिँदैनन् किन भने चासो दिन भए हामी सँग आएर हामीलाई पनि खोजी कार्यमा साथ दिनु पर्ने हो। अहिले पक्कै पनि त्यही मान बहादुर भन्ने व्यक्ति सँग छिन् किन भने हामी सँग सबै प्रमाण हरू छन् फोटो देखि भिडियो पनि छन्।’

तपाईहरुले आफ्नु बुहारी खोज्नु पर्ने कारण के हो भनेर सोध्दा उनी यसो भन्छन्,’ बुहारी अर्को सँग गयो ठीकै छ खुसी हुन्छ भने जाओस् तर छोराले दुःख गरेर सुन देखि लिएर जग्गा हरू सबै फर्त दियोस् साथै सम्पर्कमा आएर हाम्रो छोरा सँग सम्पर्क गरेर जति पनि सम्बन्ध छ सवै तोडेर आफ्नु आफ्नु जिन्दगी जिउनू भन्न चाहन्छु।’

१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया