बुधबार ०८ बैशाख २०७८

काठमाडौं, चैत १२ । अभिनेता अनमोल केसी र सुहाना थापा डोल्पाको से–फोक्सुन्डो तालमा रमाइलो गर्दै गर्दा भेटीएका छन् । यो चर्चित जोडी खासमा ए मेरो हजुर ४ को शीर्ष गीत छायांकनका लागि से–फोक्सुन्डोमा भेटीएका हुन् । जुन तस्विर निर्माण यूनिटले सार्वजनिक गरेसँगै अहिले भाइरल बनिरहेका छन् । हाल निर्माण यूनिट छायांकन सकेर बिहिबार काठमाडौं फर्केको बताइएको छ ।

निर्माण यूनिटले त्यहाँ एक हप्ता बढी समय बिताएर फर्किएको हो । से–फोक्सुन्डो तालमा छायांकन गीतमा मुख्य कलाकार अनमोल केसी र सुहाना थापा फिचर्ड रहेको बताइन्छ ।

जसमा कोरियोग्राफी रामजी लामिछानेले रहेको छ । काठमाडौँ र पोखरामा फिल्मको करिब दुई हप्ता छायांकन गरेपछि काम सकिने गरी चलचित्रको काम धमाधम गरिरहेको निर्माण यूनिटले जनाएको छ । झरना थापाको निर्देशन तथा सुनिलकुमार थापाको लगानीमा बनेको ‘ए मेरो हजुर ४’ आगामी वर्षको भदौं १८ मा रिलिज गरिनेछ ।

१०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया