बिहिबार २३ बैशाख २०७८

एजेन्सी। अमेरिकामा एक कलेज विद्यार्थीले लामो समयसम्म हजुरआमाको घरको ग्यारेजलाई क’वाडीको थुप्रो सम्झिए । तर, एक दिन उनले यो ग्यारेज खोलेर हेर्दा उनको भाग्य खुल्यो । एरिगन नामका यी विद्यार्थीले एक ब्लगमा भनेअनुसार उनलाई २० वर्षदेखि लाग्थ्यो कि यो ग्यारेजभित्र क’वाडी मात्र छ । तर, जब उनले ग्यारेज खोलेर हेरे त्यहाँभित्र त्यो समयका सबैभन्दा लग्जरी स्पोर्ट कार थिए ,,,भिडियो हेर्न तल क्लिक गर्नुहोस्,,,

हजुरआमाको कवाडी भनेर २० वर्षसम्म बेवास्ता गरे, एक दिन कपडा हटाएर हेर्दा…
एरिगनका अनुसार उनको घरमा २ ग्यारेज छन् । त्यसैले उनले पुरानो ग्यारेजतर्फ ध्यान दिएनन् । त्यो दिन थाहा छैन किन उनलाई त्यहाँ हेर्ने इच्छा भयो । जब उनले गेट खोले त्यहाँ कपडाले ढाकिएका २ कार देखिए । जब उनले कपडा हटाए उनको खुसीको ठेगान रहेन । त्यहाँ त्यतिबेलामा लेम्बोर्गिनी र फरारी कार थिए । एरिगनका अनुसार ग्यारेजमा १९८१ का ल्याम्बोर्गिनी र फरारी ३०८ कार थिए । यी कारहरुको मूल्य ४ लाख ३० हजार डलर (झण्डै ५ करोड नेपाली रुपैयाँ) थियो । यी कारलाई विगत २० वर्षदेखि प्रयोग गरिएको थिएन ।

ती कार उनका हजुरबुवाले किनेका थिए । उनका हजुरबुवाले यी कारलाई भाडामा चलाउन दिएर भाडा उठाउने व्यवसाय गर्ने सोचाइ बनाएको आफूले थाहा पाएको एरिगनले बताएका छन् । तर, यिनीहरुको महंगो बिमाका कारण उनको योजना असफल भएको थियो । तर, हजुरबुवाले त्यतिबेला कार किन बेचेनन् भन्ने आफूले पनि नबुझेको एरिगन बताउँछन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोस्,,,

७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया