शनिबार ०५ आषाढ २०७८

मानिसको सपना अनेकथरी हुन्छन् । कसैका ठूला सपना पुरा हुन्छन् भने कतिपयका साना सपना पनि पुरा हुन नपाउँदा मन दुखाएर बस्नुपर्ने हुन्छ । अस्मिता थापा अहिले अपरिचित नाम होइन । अस्मिता रनपालको प्रतिभाको चौतफी चर्चा छ । टिकटकमा छाउने गरेकी अस्मिता जिवनमा भने सोचेजस्तो तरिकाले छाउन सकेकी छैनन् ।

गरिबीले उनीहरुको साना सपना पनि पुरा हुन पाएको थिएन । मेचि महाकाली बुहारी संयुक्त आवास र लालीगुरास डटकमका संचालकले उनको सानो चाहना पुरा गरिदिनेभएका छन् । उनको सपना इन्द्रेणी कार्यक्रममा गएर गाउने सपना पुरा हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि पनि उनले आर्थिक सहयोग पाएकी छन् । विद्यालयले उनलाई ठूलो सम्मान दिएको छ ।

उनी अब काठमाडौ आउँदै छन् । त्यसका लागि सबैतिरवाट उनले सहयोग पाएकी छन् । उच्च शिक्षा अध्ययन गर्ने, भारतमा भएका बुवाको सपना पुरा गर्ने उनको पनि सपना हो । स्याग्जाकी अस्मिता काठमाडौ हिड्ने तयारी गर्दा उनलाई विदाई गर्न पुरै गाउँ ओइरिएको थियो । अस्मिताको आमा, र उनको दिदीहरु अनिता र विनुले काठमाडौ ल्याउने भएको हो ।

म्युजिक भिडियो निर्माण गर्ने र इन्द्रेणीमा पनि पुग्ने उद्देश्यले स्याग्जावाट अस्मिता काठमाडौका लागि हिडेकी हुन् । अस्मिताको अन्तरवार्ता हेरेर प्रभावित भएकाहरुले उनको क्षमतालाई अवसर दिनुपर्छ भनेर सामाजिक क्षेत्रमा लागेकाहरुले सहयोग गरेका हुन् । फुटवल खेलाडी, राम्रो कलाकार र पढाईमा पनि उत्तिकै अब्बल अस्मिताको प्रतिभा हुन््

१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया