बुधबार २० साउन २०७८

प्रहरीले नक्कली नोट छा’प्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–३, समल टोलमा बस्ने रौतहटको रंगपुर–५, घर भएका गनबहादुर लोप्चन छन् ।प्रहरीले बुधबार राति साढे ११ बजेतिर छा’पा मा’रेको थियो ।

सिन्धुली मरिन गाउँपालिका–३ घर भई हाल कीर्तिपुरमै बस्ने घर निर्माण काम (ज्या’मी) मा सं’लग्न ३९ वर्षीय नीता तामाङबाट ५०० दरका ९ वटा जाली नोट रहेको खवर पाएपछि प्रहरीले छा’पा मा’रेको हो । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले प्रहरी वृत्त कीर्तिपुरसँगको समन्वयमा नक्कली नेपाली रुपैयाँ छा’प्दै गरेका लोप्चनलाई ७७ हजार नक्कली रुपैयाँसहित नक्कली रुपैयाँ छा’प्ने कार्यमा प्रयोग हुने विभिन्न सामान समेत ब’रामद गरेको छ ।

राती नै आवश्यक अनुसन्धानको लागि कालिमाटी प्रहरी वृत्त पु¥याइएका लोप्चनसँगै छा’प्दै गरेको हजारको नोट ४९ थान, छा’प्दै गरेको पाँच सयको नोट ५६ थान, इ’प्सन ब्रा’न्डको थ्री वान प्रिन्टर मे’सिन, फोटोकपी पेपर, पेपर क’टर, स्ट्या’पलर, निजको नागरिकता र रा’हदानी पनि प्रहरीले ब’रामद गरेको जनाएको छ ।

२०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया