मंगलबार १३ मंसिर २०७९

भिक्टोरिया क्रस विजेता कुलवीर थापाको बायोपिक फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ मा ‘कबड्डी ४’की क्यूट नायिका गौमाया देख्न पाइने भएको छ ।

उक्त फिल्ममा अहिले हलमा चलिरहेको ‘कबड्डी ४’की अभिनेत्री गौमाया गुरुङको मुख्य भूमिकामा यो फिल्म बनेको छ ।

बेलायतमा छायांकन भएको फिल्मको अहिले सम्पादन भइरहेको निर्देशक प्रदीप शाहीले जानकारी दिए । २५ सेप्टेम्बर १९१५ मा फ्रान्सको लुसमा बेलायती सेनाले गरेको आ-क्रमणको घटनामा फिल्म आधारित छ । उक्त आक्रमणमा गोर्खा राइफल्सका सैनिक थापा घाइते भएका थिए ।

घटनामा बाँच्न सफल उनी त्यसपछि अन्य घाइतेहरुको उद्धारमा खटिए । यही घटनापछि उनलाई भिक्टोरिया क्रस पदक प्राप्त भयो । उनी यो पदक पाउने पहिलो गोर्खा सैनिक बने । निर्देशक शाहीले विश्व शान्तिको लागि लड्ने पूर्खाहरुलाई श्रद्धाञ्जलीको लागि फिल्म निर्माण गरेको बताए ।

फिल्ममा गौमायासहित समीर गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजन गुरुङ र सूर्य गुरुङको अभिनय छ ।

मधु गुरुङ र प्रयास गुरुङ निर्माता तथा क्षितिज सुवेदी कार्यकारी निर्माता हुन् । गोर्खालीको सत्य घटनामा आधारित यो फिल्ममा जोडिन पाउनु सुन्दर पक्ष रहेको सुवेदीले बताए ।

अभिनेत्री गौमाया गुरुङको अभिनयको चर्चा ‘कबड्डी ४’ मा खुबै छ । उनको लुक्स र अभिनयको खुबै तारिफ गरिएको छ । उनको हेराईले धेरैलाई लठ्ठ पारेको प्रतिक्रिया हल बाहिर आउँने गर्दछ ।

२२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया