बिहिबार २३ आषाढ २०७९

टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएको छ ।

घटना भएको रोब इलिमेन्टरी स्कूल एक प्राथमिक विद्यालय हो – यसका विद्यार्थीहरू पाँचदेखि ११ वर्षसम्मका हुन्छन्। टेक्सासका गभर्नर ग्रेग एबोटले संदिग्ध व्यक्तिको नाम १८ वर्षीय पुरुष साल्भाडोर रामोस रहेको बताएका छन् । एबोटका अनुसार रामोस आफ्नो गाडी त्यागेर पिस्तोल र सम्भवतः राइफल लिएर विद्यालयमा गएका थिए । रामोसलाई घटनास्थलमा पठाइएका प्रहरीले मारिसकेको बताइएको छ ।

प्रहरीले पनि स्थानीय समयअनुसार बिहान करिब ११ः३२ बजे रोब इलिमेन्टरी स्कुलमा घटना भएको र संदिग्ध व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार मारिने विद्यार्थी दोस्रो, तेस्रो र चौथो कक्षामा रहेका बालबालिकाहरू रहेका छन् ।

उभाल्देमा भएको गोलीबारी मे महिनामा संयुक्त राज्य अमेरिकामा भएका धेरै सामूहिक गोलीबारी मध्ये एक हो। गन वाइलेन्स आर्काइभले सामूहिक गोलीबारीलाई चार वा बढी व्यक्ति घाइते वा मारिएको घटना भनेर परिभाषित गर्दछ । संस्थाले यस वर्ष मेको मध्यदेखि हालसम्म २१५ वटा यस्ता गोलीकाण्डहरू रेकर्ड गरेको छ ।

अमेरिकाको टेक्सासमा मंगलबार एक १८ वर्षीय किशोरले अन्धाधुन्ध गोली प्रहार गर्दा अहिलेसम्म २१ जनाको मृत्यु भएको पुष्टि भएको छ । सान एन्टोनियोबाट करिब ८० माइल टाढा रहेको टेक्सासको रोब्स इलिमेन्टरी स्कूलमा आक्रमण भएको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार आक्रमणमा मारिनेहरूमा १८ बालबालिका र तीन वयस्क थिए।

संदिग्ध आक्रमणकारी १८ वर्षका युवा थिए । टेक्सासका गभर्नरका अनुसार उक्त युवकको नाम साल्भाडोर रामोस थियो । प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारीको मृत्यु भएको समाचारमा जनाइएको छ । मृत्यु हुनेमा अधिकांश दोस्रो, तेस्रो र चौथो कक्षाका बालबालिका रहेका छन्, जसको उमेर ७ देखि १० वर्षसम्म रहेको बताइएको छ ।

आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले शोक व्यक्त गर्दै भने, “बालबालिका गुमाउनु भनेको तपाईको मुटुको टुक्रा गुमाउनु जस्तै हो। यसले तपाईको छातीमा खालीपन छोड्छ र चीजहरू फेरि कहिल्यै उस्तै हुने छैनन्।” बाइडेनसँगै उनकी श्रीमती र प्रथम महिला जिल बाइडेन पनि थिइन् ।

यसैबीच अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आक्रमणपछि नयाँ बन्दुक नीति ल्याउन माग उठाएकी छन्, ताकि भविष्यमा यस्ता घटना दोहोरिन नपरोस् । वासिङ्टनमा एक कार्यक्रमका क्रममा कमला ह्यारिसले भनिन्, “जति पटक पनि यस्तो दुर्घटना हुन्छ, यसले हाम्रो हृदय टुटाउँछ, तर अझै पनि यो भइरहेको छ। अब त्यो हो। एक राष्ट्रको रूपमा, हामीसँग कडा कदम चाल्ने साहस हुनुपर्छ।” नयाँ बन्दुक नीति ल्याउनुपर्छ ताकि फेरि यस्तो घटना नहोस् ।”

१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया