शनिबार १८ आषाढ २०७९

काठमाडौँ, जेष्ठ १० –

सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–८ घर भएका ३५ वर्षीय उत्सव श्रेष्ठ छन् ।

सामाजिक​ सञ्जाल हवाट्स एप, इमो, बोटिम र भाइबरको दुरुपयोग गरेर आफु कम्बोडियाको क्यासिनोमा कार्यरत रहेको भन्दै उत्सव समेतका व्यक्तिहरुले ठगेका हुन् । अमेरिकाबाट सञ्चालित लटरीमार्फत ६ लाख २७ हजार युरो डलर परेको भनेर सो रकम पाउन ‘प्रोसेसिङ’ रकम चाहिने भनेर उनले आफ्नो खातामा सर्वसाधारणलाई रकम जम्मा गर्न लगाएका थिए ।

श्रेष्ठको ५ वटा बैंक खातामा २७ लाख ७९ हजार जम्मा भएको भेटिएपछि उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए । श्रेष्ठ सोर्‍हखुट्टेबाट पक्राउ परेका हुन् ।

जबरजस्ती करणी उद्योग मुद्दाका फरार चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ

जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी चिनिया नागरिक ४५ वर्षीय लि छेनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चिनियाँ नागरिक चन्द्रागिरि नगरपालिका–३ टोटीटोलस्थित जेनजोङग मेशिनरी म्यानुफ्याक्चरीङ कम्पनी प्रालिका संचालक हुन् ।

उनले २०७८ फागुन २६ गते दिउँसो आफ्नै कम्पनिको अफिस कोठाभित्र २३ वर्षीया महिलालाई कोही नभएको मौका पारी जबरजस्ती करणी गर्न खोजेको भन्ने जाहेरी प्रहरी वृत्त थानकोटमा परेको थियो ।

जिल्ला अदालत काठमाडौंले २०७८ फागुन २९ गते ती चिनियाँ नागरिकलाई पक्राउ गर्न आदेश दिएको थियो । उनीमाथि प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ ।

८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया