शुक्रबार ०४ आषाढ २०७८

एजेन्सी । बलिउड अभिनेत्री करीना कपुर भर्खरै दोस्रो पटक आमा बनेकी छन् । उनी बलिउडकी एक सर्वाधिक चर्चित नायिका हुन् । उनले रिफ्युज़ीबाट वेस्ट डेब्यु फिल्मकी नायिकाबाट अवाड जितेकी थिइन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै छाइरहन्छीन् ।

नयाँ फिल्म र फोटोशुटका कारण चर्चामा आइरहने करिना दोस्रो पटक आमा बनेकी छिन् । सन्तानलाई जन्म दिएको केही दिनमै उनी काममा फर्किएकी छन् । गर्भवती हुँदा नै उनका धेरै काम आधा रोकिएका थिए । त्यसैले उनी सुत्केरी अवस्थामा पनि काममा ब्यस्त छन् । सन्तानलाई जन्म दिएपछि पनि उनी आफ्नो काममा फर्किएको भनेर चौतर्फी चर्चा भएको थियो ।

आफ्नो पहिरन र कामको कारणले उनले चर्चा भइरहन्छ । कहिले उनले लगाएको लुगा देखि लिएर उनले सेफको सन्तानलाई गरेको मायाले पनि बलिउडमा उनको राम्रै छाप छ ।

अब बेबो एकपटक फेरि काममा फर्किरहेकी छिन्, उनी जताततै चर्चामा छिन् र प्यापराज्जीको क्यामेरा उनीतर्फ फर्किएका छन्। हालै मात्र करीनालाई शुटबाट निस्किदै गरेको देखिएको छ। यस समयमा उनको ताजा लुक र स्टाइल हेर्न लायकको थियो।

करीनाका यी चित्रहरूले सबैको ध्यानाकर्षण गरेको छ। बेबोको यो ग्रीष्मकालीन लुक मानिसहरूले खुब मन पराइरहेका छन् र प्रशंसा गरिरहेका छन्।

तर केही फ्यानहरु भने उनले सन्तानलाई भन्दा बढी पैसालाई माया गरेको बताइरहेका छन् । उनको समर्थनको साथसाथै गाली गर्नेहरुकफ पनि कमी छैन यहाँ । जे होस जस्तो सुकै परिस्थितिलाई पनि हासेर उठाउने उनको बानीलाई चै मान्नै पर्छ ।

१३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया