
कञ्चनपुरमा मंगलबार रातिदेखि लागू हुने गरी आंशिक रूपमा निषेधाज्ञा जारी गरिएको छ। भारतका विभिन्न प्रान्तमा बढिरहेको कोरोना भाइरसको संक्रमणको लहर नेपाल भित्रिने जोखिम रहेको भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले आंशिकरूपमा निषेधाज्ञा जारी गरिएको बताए। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला**
नेपाल सरकार र प्रदेश स्वास्थ्य निर्देशनालयबाट जारी निर्देशनका आधारमा जिल्लामा तोकिए बमोजिमका केही कार्य गर्न/गराउन निषेध गरिएको उनले जानकारी दिए।निषेधाज्ञामा होली लगायत कुनै मेला, पर्व, जात्राका अवसरमा महोत्सव, भीडभाड वा जुलुस गर्न नपाइने भनिएको छ। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला**
यस्तै, सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनिएको छ। गौरीफन्टा र गड्डाचौकी नाकाबाट यात्रुहरूको आवागमन र मालसामान ढुवानी बिहान ६ देखि बेलुका ८ बजेसम्म खुला रहने छ। यी बाहेकका नाका र बिन्दुबाट आवतजावत पूर्ण रूपमा बन्द हुने भएको छ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला**