बिहिबार २३ बैशाख २०७८

नायिका श्वेता खड्का पछिल्लो समय चर्चामा छिन् । चर्चाको कारण हो श्वेताले बनाएको भनिएको सिन्धुपाल्चोकको माझी बस्ती र शुष्मा कार्कीसँगको विवाद

कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले केही समयअगाडी धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गरिन । यो उनको दोस्रो विवाह हो । श्वेताले माझि बस्ती बसाउनको लागि रकम दिन्छु भन्नेहरुले रकम नदिएको बताइरहँदा उनले करोडौं खर्च गरेर विवाह गरेको भन्दै उनको तिब्र आलोचना समेत हुँदै आइरहेको छ ।

माझि बस्तीको स्थलगत अवलोकन गर्न केही समयअगाडी केटिएम दैनिकको टोली सिन्धुपाल्चोक पुगेको थियो । त्यहाँ पुग्दा माझी बस्तीका बासिन्दाले घर बनाउन सरकारले ३ लाख ऋण दिएको र लक्ष्मी बैंकमा घर धितो राखेर ४ लाख रुपैंया लिएको बताएका थिए ।

यता श्वेता खड्का र उनका श्रीमान् विजयन्द्र सिंह रावतसँग बनाएका टिकटक भिडियोहरुले चर्चा पाउन थालेका छन् ।

हेर्नुस् श्वेता र बिजेन्द्रको यो रमाइलो भिडियो ;सिन्धुपाल्चोक माझि बस्तीका बासिन्दाहरुले पोखेको आक्रोसको भिडियो हेर्न छुटाउनुभएको छ भने तल उक्त भिडियो राखिएको छ ।

७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया