समाचार

लण्डनका यी नेपाली सेफ, पाँच मिनेटमा घर पुग्छु भनेका उनी बाटैमा अस्ताए

३५ बर्षिय बिक्रम केसीले श्रीमतिलाई फोन गरेर पाँच मिनेटमा घर पुग्ने जानकारी गराएका थिए । तर श्रीमतिसँगको त्यो फोन कल नै अन्तिम भै दियो ।

पाँच मिनेटमा आउँछु भनेको ब्यक्ति आधा घण्टामा पनि नआउँदा यता श्रीमतिको मन चिसो भयो । पछि जुन कुरा उनले थाहा पाइन् त्यो अकल्पनीय थियो ।

उनी आफ्नो ड्युटी सकेर घर फर्कने क्रममा थिए । उनको घर र उनले काम गर्ने रेष्टोरेण्ट बिचको दुरी २ मिनेछ जति छ । तर त्यही बाटोमा जे भयो त्यसले बिक्रमको जीवन लिएर गयो ।

आइतबार राती दश बजे पनि बिक्रम घर पुगेका थिएनन् । श्रीमतिसँग त्यसपछि फोनमा कुरा भएको थियो । उनले कामबाट निस्कन लागेको बताएका थिए ।

करिब साढे १० बजे लन्डन इस्टकोट स्टेशन अगाडि उनको अपरिचित ब्यक्तिसँग विवाद भयो । त्यसै क्रममा उनको ह त्या भयो ।

सोसल ढाबा नामक रेष्टुरेन्टमा काम गरेर फर्किरहेका केसी र ती अपरिचित युवाबीच विवादपछि झ ड प भएको नेपलिज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाले जानकारी दिए । तस्वीर सामाजिक सञ्जाल**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close