भिडियो

हिमानीको अर्को ‘रक डान्स’ भाइरल, दर्शकले दिए यस्तो प्रतिकृया (भिडियो हेर्नुस्)

पूर्वयुवराज्ञी हिमानी शाहको लगातार तेस्रो टिकटक भिडियो आएको छ । पछिल्लो टिकटक यस अघिका भन्दा भिन्न छ ।

यस अघिका भिडियोमा उनले देशप्रेमका गीतमा छोरीहरुसंग टिकटक भिडियो बनाएकी थिइन् भने यो भिडियोमा उनी रक डान्समा देखिएकी छन् ।

पूर्वयुवराज्ञी केही दिन यता सामाजिक सञ्जालमा निकै रमाइरहेकी छन् । छोरीहरुलाई भेट्न विदेश पुगेकी उनी लकडाउनका कारण उतै अडिएकी छन् ।

यो बेलामा उनको एक पछि अर्को रमाइलो भिडियो सार्वजनिक भएका छन् । दुईवटा भिडियोमा उनले देशप्रेमको गीतमा अभिनय गरेको देखिएको थियो । जुन भिडियो दर्शकले निकै मन पराएका थिए ।

उनका पति पूर्वयुवराज पारस शाहले पनि सामाजिक सञ्जालमा त्यो भिडियो शेयर गरेका थिए । अहिले उनी फरक तरिकाले सामाजिक सञ्जालमा नज़र आइरहेकी छिन् ।

उनी आफ्ना छोरीहरुसंग टिकटक भिडियो मार्फत् सामाजिक सञ्जालमा देखा परिरहेकी छिन् । हालमै उनकी छोरीहरुसंगको टिकटक भिडियो बाहिरिएको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनको अर्कोटिकटक भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनी आफ्नी छोरीसंगै नाच्दै गरेको देख्न सकिन्छ । यस अघि भन्दा भिन्न मुडमा देखिएकी पूर्व युवराज्ञी छोरीहरुसंग निकै रमाइलो समय विताइरहेको यो भिडियोवाट अनुमान लगाउन सकिन्छ ।

पूर्वराजपरिवारका ब्यक्तिगत जिवनका बारेमा चासो हुनेभएकाले उनीहरुले अपलोड गरेका भिडियो तत्काल भाइरल हुने गरेका छन् ।

हिमानीका छोराछोरी सामाजिक सञ्जालमा निकै सकृय छन् । छोरा हृदयन्द्रका युवती फ्यान निकै छन् । उनी आफै भिडियो नबनाएपछि अरुले बनाएका उनका भिडियो पनि निकै भाइरल हुन्छन् । छोरीहरु भने आफै सामाजिक सञ्जाल हेण्डल गर्छन ।

Related Articles

Back to top button
Close