अन्तरास्ट्रिय

जकार्ताबाट ५९ यात्रु लिएर उडेको विमान समुद्रमा दु’र्घटनाग्रस्त , परिवारमा रुवाबासी भिडियो हेर्नुहोस

एजेन्सी, २६ पुस । इन्डोनेसियामा एक यात्रुवाहक विमान उडेको केही समयमा बेपत्ता भएकाे छ । इन्डोनेसियाको राजधानी जकार्ताबाट शनिबार अपराह्न उडेको श्रीविजय एयरको बोइङ–७३७ विमान सम्पर्कविहीन भएकाे केही समयपछि नै दुर्घटनाग्रस्त भएको बताइएकाे छ ।

६ जना बालबालिकासहित ५९ यात्रु लिएर उडेको उक्त विमान देशको पश्चिमी कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा दुर्घटनाग्रस्त भएको उडानहरूको विवरण राख्ने वेबसाइट फ्लाइटरडारडटकमले जनाएकाे छ ।

समाचार एजेन्सीहरूका अनुसार साे विमान उडिरहेकै बेला एक मिनेटभन्दा कम समयमै ३ हजार मिटर तल झरेको थियाे । यद्यपि यसबारे अनुसन्धान थालिएकाे बताइएकाे छ । स्थानीयहरूले केही व्यक्तिहरू पानीमा तैरिइरहेको देखिएको र उनीहरू जीवित हुने आशा क्षीण रहेको बताएका छन् ।

सुकार्नो हात्ता अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार २ बजेर ३६ मिनेटमा उडेको विमान उडेकाे चार मिनेटमै सम्पर्कविहीन भएकाे बताइएकाे छ । भारी वर्षा भइरहेका बेला उक्त उडान भएकाे र विमान समुद्रमा खसेकाे हुनसक्ने अनुमान गरिएकाे छ । विमानमा सवार यात्रुहरूकाे जीवितै उद्धार हुने सम्भावना न्यून रहेको बताइएकाे छ। ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

Related Articles

Back to top button
Close