बुधबार २९ बैशाख २०७८

काठमाडौं: धादिङमा डोजरको ठक्करबाट घाइते भएकी महिलालाई खाल्डोमा पुरेर फरार डोजर चालक १८ दिन पछि पक्राउ परेका छन्।

डोजरको ठक्करबाट घाइते भएकी महिलालाई माटोले पुरेर हत्या गर्ने सल्यान छायाक्षेत्र छत्रेश्वरी गाउँपालिका–६ रानागाउका २२ वर्षीय जीवन भन्ने भीमबहादुर बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।

गत फागुन १७ गते त्रिपुरासुन्दरी गाउँपालिका–१ खोल्सीस्थित सडक खण्ड मर्मत गर्ने क्रममा ४० वर्षीय सरस्वती कुमाललाई प्रदेश ३–०१–००३– क ६५६४ नम्बरको डोजरले माटो फाल्ने क्रममा ठक्कर दिएको थियो।

बकेटको ठक्करबाट घाइते भएकी सरस्वतीलाई चालकले जानाजान माटोले पुरेका थिए। लगत्तै फरार भएका बुढाथोकीलाई ब्यूरोको विशेष टोलीले नेपाल भारत सीमा स्थित कञ्चनपुर जिल्लाको गड्डाचौकीबाट पक्राउ गरेको हो।

बुढाथोकी सु​रूमा भारतस्थित सलोन जिल्लामा रहेका दाजु भएको स्थानमा लुक्न गएको खुलेको ब्यूरोले जनाएको छ। २९ गते जमुनाहा नाका हुँदै नेपालगंजबाट सुर्खेत होटलमा बसेका र आफन्त भेटेर पुनः चैत्र ४ गते भारतको हरीद्वार गएको खुलेको छ।

१२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया