आइतबार १९ मंसिर २०७८

गायक अर्जुन सापकोटा, पुर्णकला बिसी र विक्रम केसीको स्वरमा “हाँसो सँगै आँस नि लगि दिएको भए” बोलको मार्मिक लोकदोहोरी गीत मेशना म्युजिक युट्युब च्यानल बाट बजारमा सार्वजनिक भएको छ ।केहि समय अगाडि सामाजिक सञ्जालमा भाइरल बनेका अर्जुन विकको वास्तविक जीवनमा घटेको घटनासँग मिल्दोजुल्दो छ ।

भिडियोमा पनि उनै अर्जुन विक र अञ्जलि अधिकारी र निशा राईको जीवन्त अभिनय देख्न सकिन्छ ।श्रीमान छाडेपछि छोरा लाई पिठ्युँमा बोकेर रिक्सा चलाउँदै द‌निक गुजारा चलाइरहेका अर्जुनलाई यतिबेला सुटिङमा भ्याइन भ्याई छ । धेरैले उनको वास्तविक जीवनमा आधारित गीतहरु लेखेर भिडियोको पात्रमा पनि उनैलाई छानिरहेको छ ।

भाइरल भइसकेपछि अर्जुनको धेरै भिडियो बजारमा आइसकेको छ र आउने क्रमपनि जारी रहेको उनी बताउँछन् । अमित बाबु रोकायले लेखेको यस गीतमा रोशन परियारले संगीत भरेका छन् भने विनोद बाजुरालीले एरेन्ज गरेका हुन् । विक्रम चौहानको निर्देशनमा बनेको मार्मिक गीतको यो भिडियो हेर्नुहोस ।

३०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया