रोचक

तामा खानुका यस्ता छन् फाइदा

काठमाडाैँ । हाम्रा पाकघरमा असार महीनाको छेकछाकतिर सब्जीको रूपमा पाक्ने परिकारमध्ये एउटा हो बाँसको तामा। अंग्रेजीमा बेम्बो शूट भनिने यो परिकारलाई हामी तामा भनेर चिन्छौं।

हामी यसो त धेरैप्रकारका बाँसको तामा सब्जीको रूपमा प्रयोग गर्दछौं, तरै पनि प्रचलित रूपमा चोयाबाँस वा जुन बाँसबाट चोया बनाउन सकिन्छ, त्यस्ता बाँसको तामा खानेगर्छौं भने परेङ (सानो प्रजातिको बाँस, जसबाट चित्रा बनाइन्छ) को तामा पनि हामी सब्जीको रूपमा खान्छौं। ठूला बाँसको तामाभन्दा साना प्रजातिका बाँसको तामा खानको निम्ति निक्कै स्वादिष्ट हुन्छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

बाँसको तामाको तपाईं अचार, तरकारी वा सुप, के खानुहुन्छ ? जसरी खाए पनि यो स्वादिष्ट त हुन्छ नै यसले मानव स्वास्थ्यमा समेत फाइदा पुर्याउँछ । मो सेबनले मुटुको लागी राम्रो फाइदा गर्छ । खासगरी, तामे, निगालो, चोया र भालुबाँस तामाका लागि उपयुक्त हुन्छ । अंग्रेजीमा बेम्बो सुट भनेर चिनिने यो सब्जी क्यानमा प्याकिङ गरिएको समेत पाइन्छ । जुन स्थानीय तामाभन्दा महँगो हुन्छ ।

तामाबाट विभिन्न परिकार बनाउछ सकिन्छ । बाँसको टुसालाई सीधै तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै, तामाको अचार (मेसो) पनि लोकप्रिय छ । तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ । खानाको सुरुवाती अर्थात् एप्पिटाइजर सलादका रूपमा समेत यो उपयोगी छ ।

विदेशीले भने तामाको सुप धेरैथरीका बनाउँछन् ।नेपालमा आलु–बोडी–तामाको तरकारी बढी प्रचलित छ ।यो अत्यन्तै मिठो हुन्छ ।बाँसको तामा पनि एक किसिमले गुन्दु्रक खाँदेजसरी नै बनाइन्छ । सर्वप्रथम, तामे बाँसको कलिला मुन्टा भाँचेर ल्याउने र स–साना टुक्रा बनाउने ।

केही समय घाममा सुकाएर मोल्ने अनि सफा माटोको भाँडो वा डिब्बामा हावा नछिर्ने गरी बन्द गरेर राखिदिने । यसरी जति लामो समय राख्यो, त्यति नै तामामा अम्लीयपन बढ्छ ।
पाचन समस्यामा तामा उपयोगी खाद्य परिकार हो। तामाले आन्ध्राका कतिपय कीराहरू पनि मार्दछ र पेटको समस्या ठीक गर्छ। झाड़ा-पखला लाग्द र पेटमा ग्यास बढ़ेर पेट फुल्दा तामा अवश्यै खानुपर्छ। रक्तचापमा पनि तामा उपयुक्त सब्जी हो।

रगतमा सोडियम (नुनजन्य पदार्थ)-को मात्रा धेरै हुँदा रक्तचाप बढ़ेको हो भने पोटासियमको मात्रा धेरै हुने तामाले रक्तचाप नियन्त्रण गर्नमा सहयोग गर्दछ। यसमा हुने उच्च गुणयुक्त एण्टिएनल्जेसिक तत्त्वहरूले मानिसमा अवसाद वा नैराश्यता कम गर्ने, छटपटी कम गर्ने काम गर्छ भने मानसिक सक्रियता बढ़ाउने काममा पनि यसमा हुने पोटासियम र अन्य तत्त्वहरूले सहयोग गर्दछ।

यदि सबै गुणयुक्त कुनै पनि स्वस्थकर सब्जीको सिफारिस गर्ने हो भने तामा एक नम्बरमा आउने भयो। हामीले प्राचीन कालदेखि सब्जीको रूपमा खाँदै आएको यो तामा यति गुणकारी छ भन्ने कुरा हालै मात्र सार्वजनिक भयो र अहिले एसियालीमुलुक छोड़ेर पाश्‍चात्य मुलुकहरूमा पनि यो सब्जी लोकप्रिय बन्दै गइरहेको छ।

यति हुँदाहुँदै पनि यसको अमिल्याइएको अचारहरू भने सबैको निम्ति सही नजच्ने हुँदा सबैले यस्ता अचारको सेवन नगरेको राम्रो हुन्छ। हड्डी सम्बन्धी कतिपय रोगमा यो सब्जी गुणकारी हुँदैन, यद्यपि हड्डीको विकास तथा निर्माणमा तामामा हुने क्याल्सियमले सहयोग पुर्‍याउँछ। ताजा तामाको सब्जी वा परिकार भने जो कोहीले खाँदा पनि हुन्छ। निष्कर्षमा, तामा एउटा स्वथ्यकर, पूर्ण र गुणकारी सब्जी हो।

Related Articles

Back to top button
Close