मंगलबार १४ मंसिर २०७८

बेवारिसे व्यवस्थापन समितिका अध्यक्ष विनयजंग बस्नेत र सपना रोका मगरबीचको सम्बन्धको बारेमा यतिबेला सामाजिक सञ्जालहरुमा निकै नै खैलाबैला मच्चि रहेको छ ।

सपना र विनजंग अलग भएदेखि नै यिनीहरुको सम्बन्धमा विभिन्न खाले प्रश्नहरु उठ्दै आईरहेको बेला सपनाका आमाबुवाले नै विनयजंगकै कारण सपना विनयजंगबाट टाढीएको बताएपछि सामाजिक सञ्जालमा खैलाबैला मच्चिएको हो ।

जब सपनाको आमाबुवा एकै साथ मिडियामा आएर विनयजंगले छोरी भन्ने नाम दिएर छोरी सपनालाई यौ’न दुव्र्यवहारहरु गर्ने प्रयास गरेको अभिव्यक्ति दिएका थिए । उत आफु विरुद्ध सपना र उनका आमाबुवाले लगाएको आरोप हरु सुनेर विनयजंग भने अचम्मित परेका थिए ।

उनको भनाई अनुसार सपना र उनका अभिभावकले यस्तो आरोप लगाउन सक्छन् यो उनको कल्पनाभन्दा परको कुरा थियो । चारैतिर आफुविरुद्ध सञ्जालहरु खनिए ।

विनयजंगले आफ्नो र सपनाकोबीचको सम्बन्धको विषयमा बोलेका छन् । उनले सपनासंग भेट भएदेखि छुट्टी दासम्मको एकएक पलका कुराहरु गरेका छन् । विनयले सपनालाई छोरीकै दर्जामा राखेर व्यवहार गरेको बताएका छन् ।

१३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया