बुधबार ०८ बैशाख २०७८

काठमाडौँ । सानफ्रान्सिस्कोमा नेपाली उवर चालक शुभाकर खड्कामाथि महिला यात्रुहरूले गरेको अभद्र ब्यवहारको घटना नसेलाउंँदै न्युयोर्कमा फेरि नेपाली लिफ्ट चालकमाथि पनि त्यस्तै भएको छ ।

स्थायी घर बाग्लुङ भएका ३० वर्षीय लिफ्ट चालक आशीष सापकोटा मंगलबार साँझ न्युयोर्कको क्वीन्समा अभद्र ब्यवहार भएको हो । दुईजना यात्रुलाई ‘पिकअप’ गरेर क्वीन्सको जमैकातर्फ जाँदै गर्दा सापकोटामाथि आ क्र म ण भएको हो ।

एकजना पुरुष र एकजना महिला गाडीमा बसेपछि एक आपसमा झ ग डा गर्न लागेको र पुरुषले महिलालाई कु ट पि ट गर्न थालेपछि असुरक्षित महसुस गरेर सापकोटाले ९११ मा कल गरी प्रहरी बोलाएका थिए ।

त्यसपछि पुरुष यात्रुले फोन खोसेर सापकोटामाथि अभद्र ब्यवहार गरेका हुन् । ती यात्रुले चालक सापकोटामाथि कु ट पि ट गरे । त्यसपछि एम्बुलेन्समार्फत सापकोटालाई न्युयोर्कस्थित जमैका अस्पताल लगिएको थियो ।

सापकोटाको मुख र कानमा चो ट लागेको छ । सापकोटाले अमेरिकामा एकमहिनादेखि लिफ्ट चलाउँदै आएका थिए । चालक सापकोटाको उजुरी न्युयोर्क प्रहरीमा पुगेपछि अहिले प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

९० पटक हेरिएको

तपाईको प्रतिक्रिया