शनिबार १४ जेठ २०७९

काठमाडौं। प्रेमको लागि युवकले आफ्नो मृगौला दिए तर यति गर्दागर्दै पनि उनले निराशा बाहेक केही पाएनन् । यी युवकले यसबारे टिकटकमा खुलासा गरेका छन् । यी युवकका अनुसार उनले आफ्नो मृगौला आफ्नी गर्लफ्रेण्डकी आमालाई दिएका थिए । तर, त्यसपछि उनकी गर्लफ्रेण्डले अर्कैसँग बिहे गरिन् ।

द सनमा प्रकाशित एक रिपोर्ट अनुसार यी व्यक्तिको नाम उजिएल मार्टिनेज हो । उनी मेक्सिकोको बाजा क्यालिफोर्नियामा एक स्कुलमा शिक्षक छन् । उजिएलको एउटा भिडियो टिकटकमा भाइरल भइरहेको छ जुन भिडियोमा उनले आफ्नी गर्लफ्रेण्डबारे बताएका छन् ।

उजिएल मार्टिनेजका अनुसार उनले आफ्नी गर्लफ्रेण्डकी आमालाई आफ्नो मृगौला दिएका थिए किनकि उनले गर्लफ्रेण्डलाई निकै माया गर्थे । तर आमाको अपरेशनको एक महिनामा नै गर्लफ्रेण्डले उनीसँग ब्रेकअप गरिन् । त्यसपछि गर्लफ्रेण्डले अर्कै व्यक्तिसँग बिहे गरिन् ।

उजिएलको यो भिडियो १६ मिलियन भन्दा धेरैले हेरेका छन् । यो भिडियो हेरेर मानिसहरुले उनीप्रति सहानुभूति प्रकट गरेका छन् । उजिएलले पछि एक भिडियो शेयर गरेर आफ्नी पूर्व गर्लफ्रेण्डसँग आफ्नो अहिले पनि मित्रता रहेको र आफूले उनलाई घृणा नगर्ने बताएका छन् ।

१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया