बुधबार ०८ बैशाख २०७८

सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ तर मूल्य घट्दा पनि प्रतिसिलन्डिर आठ हजार रुपियाँ तिर्न उपभोक्ता बाध्य छन् ।
जिल्लाका दक्षिणी क्षेत्रका तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि ४० प्रतिशत मूल्य घटेको हो । एउटा ग्यास सिलिन्डरको मूल्य आठ हजारमा झरेको स्थानीय जयदेवी शाहीले बताइन् ।

यसअघि सिमकोटमा मुगुको गमगढीबाट खच्चडमा बोकाएर ल्याएको ग्यासको मूल्य प्रतिसिलिन्डर १४ हजार थिया ।

करिब ४० प्रतिशत मूल्य घटेपछि ग्यास प्रयोग गर्न थालिएको उनले बताए । मूल्य घटेपछि हुम्लामा खाना पकाउने ग्यास प्रयोग गर्नेको सङ्ख्यामा पनि बढेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो पनि : कर्णाली करिडोर निरीक्षण गरी विज्ञ टोली फिर्ता

कर्णाली करिडोरको अवस्था बुझ्न विज्ञटोली स्थलगत अनुगमनमा हुम्लाको सलीसल्लासम्म पुगेर फिर्ता भएको छ । यो टोलीको अनुगमन प्रतिवेदनका आधारमा सडकको थप सुधारको काम हुने भएको छ ।

कर्णाली करिडोरका विभिन्न खण्डमा निर्माण हुँदै गरेको सडक तथा पुलपुलेसाको अवस्था के कस्तो छ भनेर सोको प्राविधिक अध्ययनका लागि प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्रप्रसाद थपलियाको नेतृत्वमा सडक विभाग पुल महाशाखाका वरिष्ठ इञ्जिनीयर अंगलाल रोकाया र इञ्जिनीयर लीलाबहादुर भण्डारीसहितको तीन सदस्यीय टोली उपस्थित रहेको छ ।

सो टोलीले करिडोरको कालीकोटको खुलालुदेखि बाजुराको लैफु, हुम्लाको सलीसल्लासम्मको स्थलगत अनुगमन गरेको उक्त टोलीका सदस्य वरिष्ठ इञ्जिनीयर रोकायाले जानकारी दिनुभयो । हुम्लाको कबाडीदेखि सल्लीसल्लासम्मको सडकको लम्बाइ ३९ किलोमिटर छ । यसमध्ये २७ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ भने अब १२ किलोमिटर निर्माणधीन अवस्थामा छ । बाजुरा र हुम्ला खण्डको काम राम्रो देखिएको छ भने कालीकोटमा पर्ने ४० किलोमिटर सडकलाई स्तरवृद्धि गर्नुपर्ने उक्त टोलीले जनाएको छ ।

निकट भविष्यमा नेपाली सेनाले सो सडक विभागलाई बुझाएपछि मापदण्डअनुसार वैधानिकरुपमा बाटो इजाजत खुला हुने भएको छ । यसबाट हुम्लाका दक्षिण भेगका तीन गाउँपालिका सडक सञ्जालमा छिट्टै जोडिने भएका छन् ।

७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया