शनिबार १४ जेठ २०७९

दक्षिण कोरिया — नुवाकोटका अर्जुन तामाङ कोरिया उड्नु अघि अनेक सपना बुन्दै थिए । सहरमा घर, सुखी परिवार । आफन्त साथी भाइबीच राम्रो आर्थिक हैसियत ।

त्यसबेला उनको तरकारी पसल थियो । तर राम्रो लगानी थप्न नस’केर पसल चलेन । उनी डान्स पनि गर्थे । साथीभाइ मिलेर खोलेको डान्स सेन्टर थियो । केही म्युजिक भिडियोमा अभिनय पनि गरेका थिए ।

उनलाई लागेको थियो, कोरियाको कमाइले कला क्षेत्रमा अगाडि बढ्न थप प्रोत्साहन हुनेछ । कोरियामा किम्ची (बन्दाको अचार) र काग्थुगी (मुलाको अचार) बनाउने कम्पनी रहेछ । ठूलो ट्रकबाट बन्दा कोपी र मुला अनलोड गरेर सफा गर्नु उनको दैनिकी थियो । काम गाह्रो थियो । ओभरटाइम पनि नहुने । नराम्रो कम्पनी परेपछि राम्रो पैसा कमाउने कुरै भएन । उनीसँगै पुगेका दुई नेपाली कोरिया आएको एक हप्तामै अर्को कम्पनीमा सरे । उनी चाहिँ एक्लिए ।

कोरियाली भाषामा उनी पोख्त थिएनन् । भाषा नजानेपछि काम झन् गाह्रो । एक महिना त्यही कम्पनीमा जसो तसो कटाए । दोस्रो महिना सकिनै लाग्दा ठूलो दुर्घ’टनामा परे । ‘मैले गएर मेसि’न सुरु गर्नु पर्ने थियो । यसो भित्र हेरेको बन्दा कोपी रहे छ । त्यही ता’न्न खोज्दा मेसिन चलेछ । कसरी चल्यो अहिले पनि थाहा छैन । एक्का’सी हा’त मेसिन भि’त्र ता’नियो । दिउँसो साढे ३ बजेको ब्रे’कपछिको घटना थियो त्यो ।

हातपछि ज्या’न नै ता’नियो,’ अर्जुनले त्यो अँध्यारो क्षण सम्झने प्रयास गरे, ‘भाग्य भन्ने हुँदो होला, र त म दाहिने हात र दुवै खुट्टा क’र्‍याक कु’रुक भएर भाँ’चिदा पनि ज्या’न र टाउकोमा केही भएनछ।’ मेसिनबाट श’रीर नि’काल्न झन्डै दुई घन्टा लागेको सम्झन्छन् उनी । ‘कोरियालीलाई हामी जस्तो मेसिन भत्काएर निकाल्ने भन्ने सुरै नहुने रहेछ । अनेक प्रयास गर्दा पनि बाहिर निकाल्न सकेनन् ।

म हो’समै थिएँ । चि’च्याएको चि’च्यायै । टु’टे फु’टेको कोरियाली भाषामा मैले नै मेसिन का’टेर निकाल भनेपछि उनीहरूले त्यसै गरे,’ उनले भने । अर्जुनलाई मेसिनबाट निकाल्दासम्म पनि अब त बाहिर हिँड्न सक्छु भन्ने लागेको रहेछ। हात चलाउन सक्ने र ठीक भैहाल्ने उनलाई लागेको थियो रे । तर त्यस्तो भएन । ‘म बेहो’स् हुनु पर्ने । त्यत्रो पी’डामा पनि होसको होसमै थिएँ । एउटा खुट्टाको पछिल्लो भाग अगाडि आएको देखेँ ।

एउटा खुट्टाको पिँ’डुलाको मा’सु कम्पनीको लुगासँगै घुँडा छेउमा पो’को परेको थियो । एम्बुलेन्समा राख्नै लाग्दा बल लगाएर हात खुट्टा चलाउन खोजेँ के चल्थ्यो!’ झन्डै तीन वर्ष उनको उपचार चल्यो ।

उपचारकै क्रममा एउटा खुट्टा घुँडा मुनिबाट का-ट्नु पर्‍यो । कोरियाली कम्पनीको कार्यस्थलमा दुर्घ’टनाबाट दैनिक ७/८ जनाले ज्या’न गु’माउँछन् भने अं’गभंग हुने कामदारको संख्या ठूलो छ । कान्तिपुरमा गोकुल थोकर ले लेख्नुभएको समाचार हो।

५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया