बुधबार २९ बैशाख २०७८

काठमाडौं । पछिल्ला दिनमा आक्रमक बजार विस्तार गर्ने रणनीति बनाएको बेनेलीले केहि समयअघि १८० एस मोटरसाइकल बजारमा ल्याएको थियो । अब कम्पनीले अर्को मोडलको टीएनटी ३०२एसको २०२१ भर्सन नेपाल ल्याउने भएको हो ।

बेनेलीको आधिकारिक वितरक केटीएम इन्टरनेसनलले नयाँ टीएनटी ३०२ एस मोडलको बुकिङ खुल्ला गरेर नयाँ मोटरसाइकल नेपाल आउने जानकारी दिएको हो ।

बेनेली टीएनटी ३०२ एसमा ३०० सीसीको इनलाइन टु सिलिन्डर, फोर स्ट्रोक लिक्विड कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १२ हजार आरपीएममा ३७.५४ बीएच पावर र ९ हजार आरपीएममा २७ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीड गियरबक्स जडान भएको छ ।

बेनेलीले यो मोटरसाइलाई विभिन्न तीन कलरमा बजारमा ल्याएको छ । यसको मूल्य पनि कलर अनुसार फरक कायम गरिएको छ । नियोन ग्रिनको मूल्य ९ लाख ८६ हजार र ब्ल्याक तथा ह्वाइटको मूल्य ९ लाख ३५ हजार रुपैयाँ तोकिएको छ ।

११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया