रोचक

दुर्घटना पछि निधन भएको घोषणा गरिएकी महिला शवगृहको फ्रिजभित्र जिउँदै

एजेन्सी / सवारी दुर्घटनामा परी अस्पताल ल्याएकी युवतीलाई डाक्टरहरुले मृ त घोषणा गरेपछि शवगृहको फ्रिजमा राखिँदा उनी जिवीतै रहेको खुलेको छ । दक्षिण अफ्रिकी ती महिलालाई चिकित्सकले मृ त घोषित गरेपछि उनलाई गौटेङ प्रान्तको एउटा शवगृहको फ्रिजमा राखिएको थियो ।

तर शवगृहमा काम गर्ने एक जना व्यक्तिले फ्रिजभित्र राखिएकी ती महिला युवती जिउँदै रहेको पत्ता लगाएका हुन् । हाल ती महिलालाई जोहानेसबर्गस्थित एक अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । उनको नाम भने गोप्य नै राखिएको छ ।

ती महिलाका परिवारले भने जिउँदै मान्छेलाई पनि मृ त घोषणा गर्ने गैरजिम्मेवार डाक्टरहरुलाई कडा कारवाहीको माग गरेका छन् । कार दुर्घटनामा दुई जना व्यक्तिको ज्या न गएको थियो । तर जिउँदै रहेकी ती महिलालाई पनि मृ तकहरुसँगै श वगृहमा राखिएको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उसोः म रेको भनिएको मान्छे बाँचेको यो नै पहिलो घटना भने होइन । यसअघि पनि यस्ता घटनाहरु पटक पटक सार्वजनिक हुँदै आएका छन् । दक्षिण अफ्रिकामै केहि वर्षअघि मृ त घोषणा गरिएका एक जना ५० वर्षीय व्यक्ति अर्को दिन श वगृहबाटै चिच्याएपछि उनको उद्दार गरिएको थियो । त्यस्तै २०१६ मा दक्षिण अफ्रिकामै सडक दुर्घ टनामा घाइते भएका एक जना व्यक्तिलाई मृ त घोषणा गरिएको एक दिनपछि जिउँदै भेटिएका थिए ।

Related Articles

Back to top button
Close